Kanakai Online

धनुषकोटीमा पुन भक्तबहादुर


सोमवार, चैत १२, २०७४ |

कनकाई अनलाइन
धनुषकोटी धाम किरातेश्वर महादेवको पुन दोस्रो कार्याकालका लागि समेत भक्तबहादुर पौडेलको अध्यक्षतामा कार्यसमिति बनेको छ ।
आइतवार सम्पन्न साधरणसभा तथा प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भएको हो पौडेल गत २०६२ सालदेखिनै धामको अध्यक्षता गर्दै आउनुभएको छ । उहाँ सुकेडाँगी सामुदायिक वन समुहको समेत अध्यक्ष रहनुभएको छ ।
समितिको उपाध्यक्षमा श्रीप्रसाद बिमली सचिवमा पुन कुमार पौडेल , सहसचिवमा जुना मैनाली र कोषाध्यक्षमा रघुनाथ भट्टराइ रहनुभएको छ भने सदस्यहरुमा मन्दिर निर्माणदाता परिवारका डिल्ली प्रसाई , मोहन ढुङ्गेल , निता वराल र वेनु दाहाल रहनुभएको छ । पछि २ सदस्य थप गरिने स्थानीय कैलास बरालले जानकारी दिनुभयो । यसैविच धनुषकोटीधामको स्थापनादेखि महत्वपुर्ण योगदान दिने तथा धामलाई दान गर्ने विभिन्न मन्दिर , कोठा र भवन बनाइदिने दाताहरुलाई सो अवशरमा सम्मानित समेत गरिएको छ ।
दातालाई प्रदेशसभा सदस्य हिराकुमार थापा , कनकाई नगरकी उपप्रमुख मन्जु प्रसाई लगायातले सम्मान गर्नुभएको हो । यसरी सम्मानित हुनेहरुमा कपिलेश्वर मन्दिर निर्माणकर्ता मनोरथ प्रसाइका परिवार , इन्द्रबहादुर गुरुङ्गको परिवार , पदमप्रसाद सिलवाल , तिलमाया थपलिया , सन्तबाबा , मनमाया पौडेलको परिवार , मेदनीप्रसाद खरेल , भक्तबहादुर पौडेल , गोविन्द पौडेल , बेनुप्रसाद दाहाल परिवार , आठराई भुजेल परिवार लगायात रहनुभएको छ । कार्यक्रममा वार्डअध्यक्ष परशुराम गिरी , जामुनवारी सिमसार तथा पर्यटकिय क्षेत्रका अध्यक्ष ख्याम सिटौला , शिक्षक हरि तिम्सिना , सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेम दाहाल पत्रकार लीलाराज झापाली लगायातले यस क्षेत्रको वृद्धिविकासका लागि यस धाम क्षेत्रको ठुलो महत्व रहेको वताउनुभयो ।

सम्बन्धित खबर