Kanakai Online

नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगितामा सुरुङ्गा उपविजयी उपाधी विर्तामोडलाई


मङ्गलवार, चैत ६, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , चैत्र ६ गते । नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापा सुरुङ्गालाई ३ ÷ ० गोल अन्तरले हराउदै विर्तामोड युनाटेड भेट्रान फुटबल क्लवले जितेको छ ।
काँकरभिट्टा भेट्रान फुटबल क्लवको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको मंगलवार सम्पन्न फाइनल खेलमा विजयी हुदै विर्तामोड भेट्रानले नगद १ लाख २५ हजार रुपैँया पाएको छ भने उपविजयी सुरुङ्गाले नगद ५१ ह्जार रुपैँया पाएको छ ।
खेलको १० मिनेटमा विर्तामोडका सुवास लिम्बूले गोल गर्दै आफ्नो टिमको अग्रता दिलाउनुभयो । त्यसपछि लगत्तै १३ मिनेटपछि २३ औं मिनेटमा विर्तामोडका सुवास लिम्बूले थप गोल गर्दै अग्रता दोब्वर पार्नुभयो । यसैगरि दोस्रो हाफको २९ औं मिनेटमा विर्तामोडकै नगेन्द्रमणि लिम्बूले एक गोल गर्दै विजय सुनिश्चित पार्नुभयो ।
फाइनल प्रतियोगिताको म्यान अफ दी म्याच विर्तामोडका सुवास लिम्बू हुनुभयो उहाले नगद २१ सय रुपैयाँ नगद प्राप्त गर्नुभयो ।
प्रतियोगिता अवधिभरको उत्कृष्ट प्रशिक्षक विर्तामोडका नविन लिम्बू, उत्कृष्ट मिड फिल्डर काँकरभिट्टाका राकेश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर विर्तामोडका मोहन गुरुङ्ग, उत्कृष्ट गोल रक्षक सुरुङ्गाका सुवास मेचे, उत्कृष्ट फरवार्ड विर्तामोडका देउमान लिम्बू, सर्वाधिक गोलकर्ता विर्तामोडका सुवास लिम्बू हुनुभयो उहाहरुले नगद ३१ सय रुपैयाँ प्राप्त गर्नुभयो ।
त्यसैगरी प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी विर्तामोडका नगेन्द्रमणि लिम्बू र ओल्डेज भेट्रान खेलाडी सुरुङ्गाका ५८ वर्षीय कुमार सापकोटाले ५१ सय रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयो ।
प्रतियोगितामा नेपाल तथा भारतका गरि १० टिमको सहभागिता रहेको थियो ।
 

सम्बन्धित खबर