Kanakai Online

झापा गाउपालिका विजयी


आइतवार, चैत ४, २०७४ |

कनकाई अनलाईन
शिवसताक्षीको दूधे खेल मैदानमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेल, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा, उप प्रमुख भोजकुमारी नेपाल, प्रशासकीय अधिकृत पंकज भुर्तेलले संयुक्त रुपमा खेलको उद्घाटन गरेका थिए ।
यसै बीच शुक्रबार नै ४ वटा खेलहरु सम्पन्न भएको छ । जस अन्तर्गत हल्दिबारी गाउँपालिका र दमक नगरपालिका बीच भएको पहिलो खेलमा हल्दिबारीलाई दमकले २५–१० र २५–१४ को अन्तरले सोझो सेटमा हराएको थियो भने झापा गाउँपालिका र भद्रपुर नगरपालिका बीच भएको खेलमा झापाले २५–१३, २३–२५ र २५–१३ अंक ल्याउदैं २–१ को सेटमा विजयी भएको थियो ।
त्यस्तै बिर्तामोड र शनिअर्जुन बीच भएको तेस्रो खेलमा बिर्तामोेड नगरपालिकाले शनिअर्जुनलाई सोझो सेटमा हराएको थियो । उसले शनिअर्जुनलाई २५–१६ र २५–२४ को अंकमा हराएको हो । यता शिवसताक्षी र कनकाई नगरपालिका बीच भएको अन्तिम खेलमा आयोजक शिवसताक्षी नगरपालिकाले कनकाईलाई २५–१७ र २५–२१ को सोेझो सेटमा हराएको छ ।
शनिबार कचनकवल गाउँपालिका सँग गौरादह, कमलसँग बाह्रदशी तथा शुक्रबार जीत हासिल गरेका शिवसताक्षी नगरपालिकासँग झापा गाउँपालिका र दमक नगरपालिकासँग बिर्तामोड नगरपालिका हुने शिवसताक्षी भलिबल क्लबका अध्यक्ष भिम लिवाङले बताए ।
खेलमा प्रथम स्थान हासिल गर्ने टिमले ५१ हजार र दोस्रो स्थान हासिल गर्ने टिमले ३१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, ब्लकर, स्पाइकर, डिफेन्डर र सटरलाई पुरस्कृत गरिने जनाईएको छ । प्रतियोगितामा झापा १४ वटा स्थानीय तहका टिमहरुसँग नकआउट चरणमा खेल हुनेछन् ।

सम्बन्धित खबर