Kanakai Online

विर्तामोड सुन व्यापारी हत्या आफ्नै मित्रबाट


मङ्गलवार, फागुन २९, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , फागुन २९ गते । भनिन्छ गाँस छाड्नु साथ नछाड्नु तर यो उक्ति झापा विर्तामोडमा भने उल्टो भएको छ । गत फागुन २० गतेदेखि वेपत्ता बनेका झापा विर्तामोडका सुन व्यावसायी साजन मुखियाको हत्या आफ्नै मित्रद्धारा भएको पुष्ट्रि भएको छ ।
जिल्ला प्रहरी झापा र इलाका प्रहरी विर्तामोडले मंगलबार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै घटनको सार्वजनिक गरेको हो । मुखिया विर्तामोडमै देवा ज्वेलर्स संचालन गर्दै आएका थिए । उनको हत्या विर्तामोडमै रिद्धिसिद्धि ज्वलेर्स संचालन गर्दै आएका पारस कुमार देव र उनको पसलमा काम गर्ने प्रकाश भनिने चिरञ्जिवि ओली र दिपेश पौडेल लगायातको समुहले हत्या गरेको जिल्ला प्रहरी झापाका प्रमुख प्रहरी उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । प्रहरीका अनुसार हत्या गरिएका मुखिया र हत्या गर्ने देव विच लामो समयदेखिको चिनजानी र एकदमै मिल्ने साथी रहेका थिए र उनीहरुविच लामो र ठुलो व्यावसायिक कारोवार समेत रहेको छ । दुवै विर्तामोडका कहलिएका सुन व्यावसायी समेत हुन । एक अर्का व्यावसायीका अनुसार मृतक मुखियाको देवले ७० लाख भन्दा वढी रकम तिर्न समेत रहेको थियो ।
गत फागुन २० गते दिउसो १ बजे देवले सुन किन्न ग्राहक आएको भन्दै करिव ५० तोला निर्मित गहना लिएर देवले बोलाएका थिए , मुखियालाई देवले आफ्नै मे ७ प ८७५४ नम्बरको स्कुटरमा राखि देवको घर विर्तामोड ५ तमुटोलमा लगि लगिएको आधाघण्टा भित्रै त्यहा रहेका देवका सहयोगिसमेतले कार्टुन बाध्न प्रयोग गरिने चोया डोरीले हात तथा घाटीमा बाधेर हत्या गरि मुखियाको सुन समेत लुटेका प्रहरी उपरिक्षक केसीले जानकारी दिनुभयो । हत्यापछि उनको शवलाई सोही दिन बेलुकी साढे ६ बजे सनपातको बोरामा हाली पारसकुमार देवले चलाउने भारतीय नम्बर प्लेटको गाडीमा लुकाइ भित्रीबाटोबाट विर्तामोड , बुधवारेहुदै इलामको रोङ गाउपालिका कोल्बुङ अर्याल चोकमा मुख्य सडकको भीरबाट तल फ्याकेका थिए । प्रहरीले मुखियाको हत्याभएको ८ दिनपछि मात्रै हत्यामा संग्लनभएका हरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ गरिएकाहरुको बयानको आधारमा इलामबाट मुखियाको सढिसकेको शव सडकदेखि १०० मिटर तलको झाडीमा सनपातको बोरामा भेटिएको हो । प्रहरीले घटनामा संग्लन विर्तामोड ३ सैनिकबजारका २९ वर्षिय पारस देव , देवकै पसलमा काम गर्ने विर्तामोड ८ बस्ने वर्ष १९ का दिपेश पौडेललाई विर्तामोडबाटै र बिर्तामोड ३ सैनिकमोडका वर्ष २३ का प्रकाश भनिने चिरञ्जिवि ओलीलाई तेह्रथुमबाट प्रक्राउ गरिको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कतव्य ज्यान तथा मानव
अपहरण तथा शरिर बन्धक , खुनडाँका संगठित अपराधको मुद्धा चलाइएको छ । प्रहरीले घटनामा प्रयोग भएको स्कुटर , सुनको टिल र गहनाहरु , ६ थान मोवाइल र मृतक मुखियाको साथमा रहेको पर्स ,घडी , लगायतका सामाग्रीहरु समेत सार्वजनिक गरेको छ । प्रहरीले मुखियाको हत्याको मुख्य कारण व्यावसायिकक ारोवार र लेनदेननै भएको जनाएको छ । हत्या गरिएका मुखिया सुन बनाउने कालीगढको काम गदै २ वर्षअगाडिदेखि मात्रै आफ्नै लगानीमा विर्तामोडमा देवा ज्वलेर्स संचालन गर्दै आएका थिए भने पारस देव ५ वर्ष पहिलेसम्म विर्तामोडमै किराना पसल छाडी रिद्धिसिद्धि ज्वलेर्स संचालन गर्दै आएका थिए । उनीहरु दुइजना एकअर्काविच निकटता वढ्नुको साथै लगानीमा ठुलै सुनको कारोवार समेत गर्दै आएको खुल्न आएको प्रहरीले बताएको छ । उनीहरुको कारोवार ठुलै समुहसग समेत हुनसक्ने र यो अनुसन्धानको विषय रहेको प्रहरीले जनाएको छ ।
हत्या भएका मुखियाकी श्रीमती र एक छोरी छिन भने श्रीमती समेत गर्भवती रहेकी छिन । व्यावसायीको हत्यापछि विर्तामोड उद्योग वाणिज्य संघ तथा सुनचादी व्यावसायी संघको आयोजनामा मंगलवार विर्तामोड बजार बन्द गरि प्रर्दशन गरिएको छ ।
तस्वीर हत्यामा संग्लन भएका देव , पौडेल र ओली पत्रकार सम्मेलनमा 

सम्बन्धित खबर