कनकाई अनलाईन
झिलझिलेमा आयोजना भईरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा नगद तथा जिन्सीलाई एकमुष्ठ गर्दा दान रकम पौने २ करोड पुगेको छ । जिन्सी लाई नगदमा रुपान्तरण गरेपछि रकम थपिएको हो । आईतवार अपरान्ह सम्ममा दान रकम पौने २ करोड पुगेको आयोजक समितिले जनाएको छ । आईतवार मात्र ७३ लाख मुल्य वरावरको नगद तथा जिन्सी प्राप्त भएको आर्थिक समितिका संयोजक गणेश प्रधानले वताए ।
पैतिस वर्ष अघि ३५ पैसा लिएर वसाई आएका शिवसताक्षी ८ झिलझिलेका जगत वहादुर श्रेष्ठ (गोपाल) ५१ लाख ५१ हजार १ सय ५१ रुपैयाँ दान गरेका छन । स्थानिय सतासीधाम सामुदायीक वनका अध्यक्ष समेत रहेका प्रधानले साविक शिवगञ्ज ७ हाल शिवसताक्षी ८ झिलझिले वजारको १० धुर जग्गा दानको घोषणा गरेका थिए ।
पुराण आयोजक गणेशमान शिंह अध्ययन प्रतिष्ठान , दाता श्रेष्ठ र समाजका अगुवाले प्रधानको जग्गाको मुल्य ५१ लाख ५१ हजार कायम गरेका थिए । पुराण आयोजक समितिले प्रधानलाई सप्ताह ज्ञान महायज्ञको माहानायक घोषणा गरेको छ । यस अघि शिवसताक्षी ८ का सिन्धवहादुर प्रधान श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको माहानायक थिए । श्रेष्ठको दान रकम हाल सम्मकै सर्वाधिक भएपछि प्रधान सह माहानायक भएका छन भने यस अघिका सह महानायक तिम्सीना दम्पति नायक भएका छन ।
पुराणको महानायक घोपित भएपछि आयोजकले श्रेष्ठलाई भव्य सम्मानका साथ लिम्वु समुदायको च्याव्व्रुङ्ग नाच सहित झिलझिले र दुधे वजार परिक्रमा गरेको थियो । वजारका सयौ स्थानियले सप्ताह ज्ञान महायज्ञका माहानायक श्रेष्ठ र सह माहानायक प्रधान सहित नायक तिम्सीनालाई फुलमाला अविरले सम्मान गरेका थिए ।
आफ्नो ठाँउ , आफैले उपभोग गर्ने अस्पताल निर्माणको महान अभियानमा आफुले एउटा मात्र ईट थपेको श्रेष्ठको प्रतिकृया थियो । थोरै भएको अचल सम्पतिलाई सहि ठाँउमा सदुपयोग गर्न पाएकामा आफुलाई गर्व लागेको उनले वताए । उनले भने, यो मेरो शूरुवात हो अन्तिम होईन । झिलझिलेमा अस्पताल , प्राविधिक धारको शिक्षालय, १५ सय क्षमताको सभाहल र राष्ट्रिय स्तरको रंगसाला निर्माणको अभियानलाई सवैले सहयोग गर्न उनको अपिल थियो ।
फागुन २३ गते देखि शुरुभएको श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ ३० गते सम्म संचालन हुने आयोजक समितिले जनाएको छ । महापुराणमा देशविदेशमा ख्याति कमाएका वाचन प्रविण ँंपण्डित दिनवन्धु पोख्रेलको प्रमुख वाचकत्वमा भईरहेको छ । पुराणको उद्धघाटन अनन्त विदुशी महामण्डलेश्वर हेमानन्द गिरीले गरेकी थिईन । ३ करोड ५० लाख संकलन गर्ने लक्ष्य लिएको आयोजक समितिले करिव ४ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ ।
यसैविच नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला प्रकाशमान शिह र गगन थापा झापा आउने भएका छन । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन अर्थात सोमबारको रात्रिकालिन सत्रमा सिटौला र थापा झिलझिलेको पुराणमा आउने नेपाली काँग्रेसको जिल्ला तहका एक नेताले वताए । गगन पार्टीका प्रभाव शालि नेता हुन भने प्रकाशमान शिह त्यै हैसियतका गणेशमान शिहका छोरा हुन । प्रकाशमान सप्ताहको समापन सत्रको अर्थात २९ गते रात्रिको सत्रमा सहभागी हुने आयोजक समितिका अध्यक्ष सन्तोषकुमार मेयाङ्गवोले वताए । समचार श्रोतका अनुसार प्रकाशमान शिंहको श्रीमति पनि सप्ताहमा सहभागी हुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।