Kanakai Online

कनकाई जनजागृति समुहको वार्षित्सव जग्गादाता सहित सय वर्षिय रिजाल सम्मानित


आइतवार, फागुन २७, २०७४ |

कनकाई अनलाइन
सुरुङ्गा । झापाको कनकाई नगरपालिका ४ को जनजागृति समुहको सातौ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।
सभामा समुहलाई सामुदायिक भवनका लागि निशुल्क १ कठ्ठा जमिन दान गर्ने दाता त्रिलोचन कडेँल सहित , भवन निर्माणका लागि आर्थिक सहयोग गर्नै दाताहरु र समाजका जेष्ठ नागरिकलाई समेत सम्मानित गरिएको छ ।
उहाँहरु सवैलाई माननीय हिराकुमार थापाले दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गर्नुभएको हो । जनजागृति समुहका अध्यक्ष गोपाल भेट्वालका अनुसार सम्मानको कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिर्दै लगिने छ । समाजले जग्गादाता कडेँलसगै सामुदायिक भवन निर्माणका लागि ५० हजार रुपैँया दान गर्ने काठमाण्डौ ३३ की विमला संग्रौला , मेचीनगर ६ का नगेन्द्र गुरुङ्गका साथमा समाजका जेष्ठ सदस्यहरु १०० वर्षिय मनमाया रिजाल र ९६ वर्षिय बेदनाथ ओझालाई सम्मानित गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष भेट्वालले आर्थिक वर्ष २०७३÷७४ को २५ लाख ५५ हजार ७८ रुपैँया बरावरको आयव्यय सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय थापा , कनकाई वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौडेल , ३ नम्बरका वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओली लगायातका अतिथिले समुहले समाजका अग्रज र दानवीर व्याक्तित्वलाई सम्मानित गरेर उदाहणीय काम गरिरहेका वताउदै आगामी दिनमा संस्थाको भवन निर्माण लगायतका अन्य कामका लागि आफुहरुले समेत सक्दो मद्धत गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रम जनजागृति समाजका अध्यक्ष गोपाल भेट्वालको सभापतित्व तथा उपाध्यक्ष कृष्णकुमार श्रेष्ठको स्वागत र देवराज ओझा र मोहन थापाले संयुक्त रुपमा संचालन गर्नुभएको थियो ।
यसैविच कडेँलको साथै समाजसेवी वेदप्रसाद खतिवडा र राम संग्रौलाले दिएको जमिनमा संस्थाले समेत केहि जमिन थप खरिद गरि करिव अढाई कठ्ठा जमिनमा संस्थाले निर्माणा गर्न लागेको सामुदायिक भवनको निर्माण कार्य समेत तीव्र रुपमा अगाडि वढेको भवन निर्माण समितिका संयोजक श्रीप्रसाद अधिकारीले बताउनुभयो । हालसम्म सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैँया खर्चभइसकेको र भवन निर्माण सक्न कुल ९१ लख रुपैँया खर्च लाग्ने समेत अधिकारीले बताउनुभयो । हालसम्म निर्वाचन पुर्वाधार क्षेत्र विकास कोषबाट नगद १० लाख , कनकाई नगरपालिकाबाट ५ लाख , कनकाई सामुदायिक वनबाट १ लाख ५० हजार , सुरेन्द्र ढकाल प्रतिष्ठान काठमाण्डौबाट १ लाख ८० हजार रुपैँया , विमला संग्रौलाबाट ५० हजार नगेन्द्र गुरुङ्गबाट ५१ ह्जार लगायातलबाट भवन निर्माणका लागि सहयोग रकम आएको समेत समाजले जनाएको छ ।
सामुदायिक भवन निर्माणका लागि सहयोग गर्न अन्य मनकारी दातालाई समाजले अनुरोध समेत गरेको छ । सुरुङ्गा क्षेत्रमा भएर पनि बजारदेखि करिव ४ किलोमिटर दक्षिण क्षेत्रमा रहेको यस क्षेत्र बजारको पहुचदेखि निक्कै तलपरेकाले विकासका गतिविधिबाट बञ्चित रहदै आएको गाउँमा निर्मित सामुदायिक भवनले नगरकै विकासमा टेवा पुग्ने र गाउमा विवाह , सभा समारोह लगायातका अन्य गतिविधिका लागि सहज हुने नरेन्द्र चम्लागाइले बताउनुभयो । यसैविच समाजका गतिविधि तथा कार्यक्रम गर्नका लागि कनकाई नगरपालिका निवासी समाजसेवी रमेशचन्द्र दाहालले एकथान पोडियाम समेत प्रदान गर्नुभएको छ ।