Kanakai Online

कचनकवल बाशी आन्दोलित


बुधवार, फागुन २३, २०७४ |

कनकाई अनलाईन ।
कचनकवल गाउँपालिकाका जनप्रतिनिधिहरुले जनभावना विपरित राजनीतिक चलखेलका रुपमा विकास निर्माणका कार्य गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । राप्रपाले नेतृत्व लिएको गाउँ पालिकाको नेतृत्व तथा केही वडाध्यक्षहरुले सार्वजनिक सूचना समेत नागरिकलाई नदिइ योजना छनौटदेखि उपभोक्ता समिति गठनसम्मका कार्य गरेको भन्दै स्थानीय नागरिक आन्दोलित भएका हुन् ।
मंगलवार कचनकवल ३ नम्बर वडा कार्यालयमा भेला भएका सयौं नागरिकले वडाध्यक्ष विजय राजवंशीलाई नियम विपरित गठन गरिएका उपभोक्ता समिति खारेज गर्न, वडामा हुने सवै खाले विकास निर्माणका कार्य सुरु गर्नु पूर्व सार्वजनिक सूचना दिन, राजनीतिक सहमतिमा योजना छनौंट गर्न तथा पारदर्शी कार्य गर्न ध्यााकर्षण पत्र बुझाएका छन् । ७ सय बढी स्थानीय नागरिकले हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्ष पत्रमा नागरिकको सवैभन्दा नजिकको सरकार स्थानीय निकायलाई राजनीतिक दाउपेचमा राखेर कमाइ खाने भाँडो नबनाउन चेतावनी समेत दिइएको छ । वडा स्तरमा आउने हरेक विकास निर्माणका योजना पारदर्शी बनाउन वडाध्यक्ष राजवंशीलाई सचेत समेत गरिएको छ । वडाध्यक्ष राजवंशीले भौतिक पूर्वाधार विकासका योजनादेखि शिक्षाका काम समेत राजनीतिक हस्तक्षेप गरी नियन्त्रणमा राखेर जनभावना विपरित चलेकोले सच्चिन आग्रह गरेर स्थानीयले ध्यानाकर्षण पत्र बुझाएका हुन् । पथरिया बजारमा रहेको वडा कार्यालय वडाध्यक्ष राजवंशीले आफ्नै घर भएको ठाउँ आमवाडी लान लागेको भन्दै सथानीयले आक्रोस समेत पोखेका थिए । वजार क्षेत्र सवैको पायक स्थान हो भन्ने विर्सिएर वडाध्यक्ष राजवंशीले अपायक जंगल छेउ कायाृलय सार्ने कार्य गरेको स्थानीयको आरोप थियो ।
नेकपा एमाले झापा ३ नम्वर क्षेत्रीय सचिव नवराज भट्टराइको नेतृत्वमा नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी, माओवादी केन्द्रका लीलाधरप्रसादसिंह राजवंशी, पथरिया बजार व्यवस्थापन समितिका अध्यक्ष हर्क लिम्बू, समाजसेवी लालमोहन राजवंशी, जीवन खतिवडा लगायत सयौं स्थानीय नागरिकले वडाध्यक्ष राजवंशीलाई ध्यानाकर्षपत्र बुझाएका थिए भने गाउँ पालिकामा पनि बोदार्थ पठाएका थिए । ध्यानाकर्षण पत्र बुझेपछि वडाध्यक्ष राजवंशीले राजनीतिक प्रतिशोध साँधेर ध्यानाकर्षण पत्र बुझाएपनि आफूले गरेका काम जनपक्षीय रहेको प्रष्ट पारेका थिए ।

सम्बन्धित खबर