कनकाई अनलाईन
झापाको विर्तामोडमा जारी रमपम झापा गोल्डकपमा विहिवारको खेलमा आयोजक रमपम झापा ११ ले प्रतियोगिताकै एकमात्र पाहुना टीम भारतको सिक्किम युनाइटेडलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाले प्रतियोगितामा सिक्किमलाई २— १ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो भेट थ्री स्टारसग पक्का गरेको हो । प्रतिस्पर्धात्म बनेको खेलमा गोलको अग्रता भने पाहुना टोली सिक्किमले गरेको थियो ।
खेलको १८ औ मिनेटमा कुनाल तामाङ्गको पासमा सिक्किमका मायल डोक लेप्चाले गोल गर्नुभयो । लेप्चाले झापाका गोल किपरलाई वलले नाघेको वेला हल्का प्रहार गर्दै आकर्षक गोल गर्दै सिक्किमलाई सुरुवाती अग्रता बनाउनुभयो । तर हज्जारौ दर्शकको समर्थनमा रहेका झापा फुटवल क्लवका अग्र पङ्तीका खेलाडी खमिर गिल्सन कन्दङ्वाले खेलको २५ औ मिनेटमा आकर्षक साइकिलिङ किकद्धारा गोल गर्दै झापालाई वरावरीमा पुर्याउनुभयो । हावामा रहेको बललाई साइकिलिङ किकद्धारा खमिरले गरेको बल प्रतियोगिताकै उत्कृष्ट गोलले पाहुना टिमले आफ्नो अग्रता ७ मिनेट समेत जोगाउन पाएन । त्यसपछि सिक्किम र झापाका दुबै टिमका खेलाडी थप आक्रमक बनेका थिए । खेलको ४३ औ मिनेटमा झापाले दोस्रो गोल उपहार स्वरुप पाएको थियो । झापाका खेलाडी विश्वास श्रेष्ठले गरेको कडा प्रहार रोक्न खोज्दा सिक्किमका खेलाडी ज्यामी दोर्जे भुटियाले रोक्न खोज्दा आफ्नै गोलपोष्टमा छिरेको थियो । उपहार गोलनै प्रतियोगिताको निर्णायक बन्दा पाहुना टोली पहिलो खेलबाटै बिदा भएको छ ।
खेलको म्यान अफ द म्याच आयोजक झापा ११ का खेलाडी विश्वास श्रेष्ठ हुनुभयो उहाले नगद २५ हजार पाउनुभयो । प्रतियोगितामा झापा र सिक्किमका दर्जनवढी प्रहारहरु खेर गएका थिए । सधैको भन्दा वढी दर्शक सङ्ख्या रहनु तथा दुबै टिमको आक्रमक खेल रहदा खेल आकर्षक बनेको थियो । खेलको १५ औ मिनेटमा झापाका भुषण सुब्बाले मिलाइदिएको पासमा कर्ण लिम्बुको प्रहार थोरै गोलपोष्टमाथिबाट बाहिरिएको थियो । १६ औ मिनेटमा झापाका विश्वास श्रेष्ठले एकल प्रयासम ागर्न खोजेको गोल गोलपोष्टबाट बाहिरियो । खेलको २७ औ मिनेटमा झापाका खमिरले सिक्किमका गोलकिपर समेत विट भइसकेको अवस्थामा गोल गर्नबाट चुक्नुभयो । खमिरको प्रहार वाहिरिएको थियो ।
खेलको ४९ औ मिनेटमा सिक्किमका करण राइको सुन्दर साइकिलिङ प्रहार गोल हुन नसक्दा सिक्किम बरावरगर्नबाट चुकेको थियो । सिक्किमका लागि आशिस क्षेत्री लैण्डुप भुटियाले मिलाइदिएको पासलाई राइले साइकिलिङ प्रहार गर्नुभएको थियो तर प्रहार गोलपोष्ट बाहिरबाट बाहिरिएको थियो । खेलको ६९ औ मिनेटमा झापाका देबेन्द्र तामाङले गरेको हेड थोरै गोलपोष्टमाथिबाट बाहिरिएको थियो । खेलको ८३ औ मिनेटमा झापाका विश्वास श्रेष्ठले गरेको प्रहार थोरै गोलपोष्टमाथिबाट बाहिरिएको थियो । खेलको इन्जुरी समयमा समेत झापाका खमिर गिल्सनको प्रहार सिक्किमको पोलमा लागेर फर्किएपछि खेल २ —१ म सकिएको हो ।
बिहिवारको खेल दुइ विभागिय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लवविच हुने आयोजक समितिका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।
प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद १२ लाख ५१ ह्जार र ६ लाख पाउनेछन ।