कनकाई अनलाईन
। झापा विर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको मंगलवारको खेलमा ट्राईब्रेकरमा सहारा क्लव पोखरालाई ३— ४ गोल अनतरले पराजित गर्दै मनाङ मस्याङ्दी विजयी भएको छ । मनाङ अघिल्लो गोल्डकपको विजेता पनि हो ।
खेल अवधिभर दुबै टिमको तर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलको निर्णय रेफ्री श्याम दनुवारले सोझै पेलान्टी सुटमा गर्नुभएको थियो । ट्राइब्रकरमा मनाङका सुजल श्रेष्ठ , विमल बस्नेत , अन्जन विष्ट र दोना थापाको प्रहार गोलमा परिणत भएको थियो भने पोखराको विजय श्रेष्ठ , रन्दिप पौडेल र विश्व अधिकारीको प्रहार गोलमा परिणत हुदा विश्व गुरुङको प्रहार गोलपोष्टभन्दा निक्कै माथिबाट बाहिरिएको थियो भने सहाराका टिम क्याप्टेन मानबहादुर तामाङको प्रहारलाई मनाङका गोल रक्षक दिनेश थापामगले सहजै रोक्नुभयो ।
खेल अवधिभर मनाङका खेलाडीहरुले सशक्त खेल प्रस्तुत गरेपनि पोखराका गोलरक्षक बावु मगर बाधक बन्नुभयो । खेलको पहिलो हाफमा दुबै टिमका गोलकिपर फुर्सदिलो बनेका थिए भने दोस्रो हाफमा दुवै टिम आक्रमक बनेपनि स्कोर हुन नसक्दा खेलको निर्णय पेलान्टीमा गर्नुपरेको थियो । आजको खेलको म्यान अफ द म्याच मनाङका अन्जन विष्ट हुनुभयो उहाँले नगद २५ हजार पाउनुभयो । खेलको ३० औ मिनेटमा मनाङका अन्जन विष्टको उत्कृष्ट साइकिलिङ प्रहार थोरै गोलपोष्टमाथि बाट बाहिरिएको थियो । ३४ औ मिनेटमा मनाङका विशाल राइको क्रस प्रहार समेत पोष्टबाट बाहिरिएको थियो । ४२ मिनेटमा मनाङका क्याप्टेन विराज महर्जनले मिलाइदिएको पासमा विशाल राइले गरेको कडा प्रहारलाई पोखराका विदेशी खेलाडी बब्वीले रोक्नुभयो । ४९ मिनेटमा मनाङका अन्जनको प्रहारलाई समेत पोखराका रक्षक बब्बीले क्लीलियर गर्नुभयो । ५४ औ मिनेटमा अन्जनले मिलाइदिएको पासमा सुजलको प्रहार गोलपोष्टबाट बाहिरिदा मनाङ गोल गर्नबाट चुकेको थियो । ५७ औ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टरको प्रहार समेत बाहिरिएको थियो । ६८ औ मिनेटमा मनाङका विमन रानाको उत्कृष्ट हेड सहाराका गोल किपर बाबु मगरले बचाउनुभयो ।
७२ औ मिनेटमा मनाङका डोना थापाले मिलाइदिएको पास अन्जनले भेट्टाउन सकेनन । खेलमा अधिकांस समय मनाङ आक्रमक र सहारा रक्षात्मक खेल खेलेको थियो । पोखराका खेलाडीले समेत केहि गोलका अवशरहरु श्रृजना गरेका थिए । खेलको ५६ औ मिनेटमा पोखराका रिर्चड पुनको सशक्त प्रहार गोलपोष्टमाथिबाट बाहिरिएको थियो । खेलको ८२ औ मिनेटमा पोखराका खेलाडी विजय श्रेष्ठको पासमा फुर्वा लामाको प्रहार समेत गोलपोष्टबाट थोरै माथिबाट बाहिरिएको थियो ।
यो खेलसगै झापा गोल्डकपको पहिलो चरणका सबै खेलहरु सकिएका छन । बुधवारको पहिलो क्वाटर फाइनल खेल आयोजक रमपम झापा ११ र भारतको पाहुना टीम सिक्किम युनाइटेडविच हुने आयोजक समितिका अ
धयक्ष जलकुमार गुरुङले बताउनुयो । प्रतियोगितामा विजयी र उपविजयी हुने टिमले नगद १२ लाख ५१ ह्जार र नगद ६ लाख पाउनेछन ।