Kanakai Online

सुखानीमा शहीद दिबस, पूर्वको राजनीतिको बिमोचन


मङ्गलवार, फागुन २२, २०७४ |

कनकाई अनलाईन
विर्तामोड . नेपाल कम्यनिष्ट पार्टी एमाले र नेकपा माओबादी केन्द्रले यसपटकको शहिद दिवस फागुन २१ गते सुखानीमा मनाएका छन् ।
सहीद दिवस १ नम्बर प्रदेशका प्रमुख शेरधन राईको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले कार्यक्रममा एक नं प्रदेश आर्थिक, राजनीतिक र सम्पन्नताका आधारमा अगाडि रहेको बताउनु भयो । उहाँले सो अबसरमा पत्रकार तीर्थ सिग्देलद्धारा लिखित पूर्वको राजनीति नामक पुस्तकको बिमोचन गर्नु भयो ।
सो कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामला तथा कानून मन्त्री हिक्मत कार्की, एमाले नेता देबेन्द्र दाहाल, रवीन कोइराला, नरेश खरेल, माओबादीका प्रदेश सांसद् टंक आंगबोहांग, झलकसिंह दर्लामी लगायतले मन्तब्य राख्नु भएको थियो ।
बिषेशगरि यो पुस्तक राजनीतिसँग सम्बधित छ । खासगरि राजनीति गर्नेहरु, जसलाई यो पुस्तक अत्यावश्यक छ । किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस बिषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।
तसर्थ यो पुस्तकले त्यस्ता बिषयहरुलाई चित्रण गरेको छ, जसले उनीहरुलाई सहयोग गर्दछ । अझ एउटा यूवा पुस्ता, जो बिद्यार्थी छ । उसका लागि त यो पुस्तक शन्दर्भ सामाग्री बन्ने निश्चित छ । उसले पढेको त एउटा कोर्सबुक मात्र हो, तर यो पुस्तकले समेटेका ऐतिहासिक तथ्यहरु उनीहरुका लागि सहयोगी सामाग्री बन्न सक्छन् ।
यस अघि उनले गत बर्ष आफ्नै अनुभवमा आधारित भएर एउटा पुस्तक लेखेका थिए – जीवनको गति । त्यो पुस्तकले उनलाई लेखकको रुपमा चिनाएन मात्र लेखिरहन हौसला पनि प्रदान गरेका छ ।
त्यसै पुस्तकमा पाएको सुझाव र सल्लाहले आफुले दोस्रो पुस्तक लेखेको बताउने सिग्देलले पूर्वको राजनीतिमा हालको १ नं प्रदेशको राजनीतिक घटनाक्रम समेटेको उल्लेख गरेका छन् ।
सिग्देल प्रेस चौतारीका केन्द्रीय सदस्य हुन् ।