करफोक । करफोकमा जारी प्रथम सुर्योदय मेयरकप फुटबल प्रतियोगितामा बिजयी बन्दै कनकाई नगरपालिका क्वाटरफाइनल प्रवेश गरेको छ । कनकाईले देउमाइ नगरपालिकामाथी ७–२ गोलअन्तरको जित निकाल्यो ।
खेलमा देउमाइ नगरपालिकाले सुरुवाती अग्रता लिएको थियो । उस्का लागी अमर लिम्बुले खेलको तेश्रो मिनेटमा नै अग्रता दिलाएका थिए । ८ औ मिनेटमा कनकाईका सोनाम देवानले खेल बराबरीमा ल्याए । ११ औ र ४५ औ मिनेटमा सनमले गोल गर्दै ह्रयाट्रिक पुरा गरे ।
४९ औ मिनेटमा अमर देवानले अग्रता ३–२ बनाएका थिए । त्यसपछि कनकाईले ४ गोल ग¥यो । कनकाईका रोहन कार्कीले ६५ औ, ६९ औ, ७४ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । खेलको ७६ औ मिनेटमा बुद्धिलाल टुडुले गोल गरेपछि ७–२ को फराकिलो अन्तर बनाउँदै कनकाईले क्वाटरयात्रा तय गरेको आयोजक समितीका युवराज प्रधानले बताए । सेमीफाइनल प्रवेशका लागी कनकाईले आयोजक सुर्योदयको सामना गर्नेछ ।