कनकाई अनलाईन
। रुस्लान थ्री स्टारका विदेशी खेलाडी अजय मार्टिन चक्केपछि झापामा जारी तेस्रो रमपम झापा गोल्डकपमा विभागिय टिम सशस्त्र प्रहरीको एफिएफ टिम पराजित भएको छ ।
सोमवार भएको प्रतिस्पर्धात्म खेलमा थ्री स्टार क्लवले एफिएफको चुनौती १ — ० गोल अन्तरले पन्छायो । यो जितसगै २ दिनहिले थ्री स्टारले एफिएफ सग चितवनमा भएको विकास रनिङ्ग कपको फाइनलमा हारेको वदला समेत लिन सफ लबनेको छ ।
आजको खेलमा थ्री स्टारका विदेशी खेलाडी अजय मार्टिनले खेलको ५७ औ मिनेटमा गर्नुभयो । मार्टिनले सुनिल वलको क्रस पासमा गोलपोस्ट नजिक्कैबाट गरेको प्रहारलाई एफिएफका गोलकिपर अमृत कुमार चौधरीले कुनै अनुमान गर्न नसक्दा गोल पोस्टभित्र छिरेको थियो । मार्टिनको गोलनै निर्णायक गोलमा परिणत बन्यो । खेलमा दुवै टिमका दर्जन वढी प्रहारहरुले गोलको दिशादिन नसक्दा गोलअन्तर वढेन । खेलमा पहिलो हाफमा थ्री स्टार आक्रमक र दोस्रो हाफमा गोल खाएपछि एफिएफ आक्रमक बनेको थियो । गोलको प्रयास खेलको दोस्रो मिनेटमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङ्गले गर्नुभयो । उहाँले गरेको सशक्त प्रहार एपिएफको गोलपोष्टको थोरैमाथिबाट वाहिरिएको थियो । खेलको ५ औ मिनेटमा फेरि थ्री स्टारका खेलाडी सुनिल वलको कडा प्रहार एफिएफका गो्लकिपर चौधरीले पन्च गरेका वचाउनुभएको थियो । थ्री स्टारले खेलको सुरुवातदेखिनै आक्रमक खेलेपनि गोलको खाता खोल्नभने दोस्रो हाफसम्म कुर्नुपरेको थियो । सोमवारको खेलमा म्यान अफ द म्याच गोलकर्ता अजय मार्टिन हुनुभयो । उहाँलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्दकुमार पोखरेलले नगद २५ हजार प्रदान गर्नुभयो । खेलमा थ्री स्टारका दर्जन प्रहारहरु गोल हुन सकेन ।
खेलको ८ औ मिनजेटमा थ्री स्टारका विदेशी खेलाडी मार्टिनले गोलपोष्ट नजिक्कैबाट गरेको कडा प्रहार गोलापोष्ट माथिबाट बाहिरियोको थियो । गोलमा एफएफका खेलाडीहरुले समेत केहि उत्कृष्ट अवशरहरुको श्रृजना गरेको थियो । तर थ्री स्टारका डिफेन्सहरु अनन्त तामाङ्ग लगायात वाधक बनेका थिए । खेलको २४ औ मिनेटमा एफिएफका हरि कार्कीको कडा प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोक्नुभएको थियो । खेलको ७० मिनेटमा एफिएफका हरि कार्की गोलपोस्ट नजिक्कै लडन पुग्दा गोल गर्नबाट चुक्नुभयो । खेलको ७० औ मिनेटमा थ्री स्टारका निराजन खडका वान भर्सेस वानमा चुक्दा अग्रता दोब्वर बनाउन बाट वञ्चित बनेका थिए । खड्काको प्रहार गोलपोस्ट माथिबाट वाहिरिएको थियो ।
मंगलवारको खेल सहारा ११ पोखरा र मनाङ विच हुने छ ।
एपिएफका टिम कोच रत्नकाजी महर्जनले खेलाडीले लगातार गेम खेल्नुपर्दा हार्नुपरको वताउनुभयो । भने थ्री स्टारका कोच मेघराज केसीले ६०÷४० को खेल प्रस्तुत गर्दा पनि अवशरको सदुपयोग गर्न नसक्दा थप गोल गर्न नसकेकोले अग्रता दोब्बर पार्न नसकेको वताउनुभयो ।