कनकाई अनलाईन
सुरुङ्गा । , फागुन १४ गते । महिला खेलाडीहरुको अन्तनिहित क्षमता प्रस्फुटन गर्ने उदेश्यले झापा सुरुङ्गामा आगामि फागुन १७ गतेदेखि जिल्लास्तरीय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको यो तेस्रो संस्करण हो । आयोजक कनकाई खेलकुद प्रतिष्ठान सहित झापाका ८ वटा महिला फुटबल टिमको सहभागिता रहने प्रतियोगितामा विजयी र उपविजयी हुने टिमले क्रमश नगद ५५ हजार र ३५ हजार पाउने खेल संयोजक राजेन्द्रकुमार उप्रेतीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
प्रतियोगितामा झापाका आयोजक कासा ११ ,जुनतारा खुदुनावारी , सनसाइन ज्यामिरगढी , सताक्षीधाम , हल्दीवारी , बाह्रदशी महिला क्लव , पारिजात सालवारी र झापा युवा परिवार झापा गाउँपालिकाको टिम रहने र उदघाटन खेल झापा गाउँपालिका र आयोजक कासा ११ सुरुङ्गाविच खेल हुने खेल संयोजक राजेन्द्रप्रसाद उप्रेतीले बताउनुभयो ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला