सुरुङ्गा । झापाको कनकाई नगरपालिकामा बसोबास गर्ने कोइराला बन्धुहरुलाई समेट्ने उद्देश्यले कनकाई नगर कोइराला समाज सेवा समितिको बिहीबार गठन गरिएको छ ।
अखिलकुमार कोइरालाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बिष्णु कोइराला, सचिवमा रोहितकुमार कोइराला, सहसचिवमा योगेश कोइराला र कोषाध्यक्षमा लेखनाथ कोइराला चुनिएका छन् ।
समितिका सदस्यहरुमा टीकाराम कोइराला, पर्शुराम कोइराला, अभिचन्द्र कोइराला, नारायण कोइराला, सरिता कोइराला र लक्ष्मी कोइराला रहेका छन् ।
कनकाई नगरपालिका वडा नम्बर ८ खाडीबस्तीमा रहेको कृष्णप्रसाद कोइरालाको देहवसानको १०औं दिनको पुण्य तिथिमा भेला भएका कोइराला बन्धुहरुले उक्त समिति गठन गरेका हुन् ।
नवगठित समितिले कोइराला बन्धुलाई मात्र नभएर दुःखमा पर्ने सबैलाई सहयोग गर्ने सचिव रोहित कोइरालाले जानकारी दिए ।
Trending
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला
- अध्यापनमा पृथक शैली अपनाउदै देवकोटा एजुकेशन
- झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन
- झापामा मजदुर दिवश भव्य रुपले मनाईयो
- झापामा हात्तीपाइले रोगको जोखिम कायमै
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव