शशिधर पराजुली
विराटनगर, माघ २९ गते । नेकपा एमालेले प्रदेश १ मा सुनसरीका प्रदेशसभा सदस्य प्रदीप भण्डारीलाई सभामुख बनाउने भएको । आइतवार ११ बजे बसेको संसदीय दलको बैठकले भण्डारीको नाममा सर्वसम्मत निर्णय गर्दै संसद् सचिवालयमा मनोनयन दर्ता गराएको हो ।
सभामुखको निर्वाचन सोमवार गर्ने कार्यसूची छ ।
नेकपा एमाले प्रदेश १ इन्चार्ज भीमप्रसाद आचार्यले भण्डारीको नाममा सहमति जुटेपछि उहाँ एक्लैको उमेदवारी परेको जानकारी दिनुभयो । नेकपा एमाले प्रदेश इन्चार्जको निकट मानिनुभएका भण्डारीलाई सभामुख बनाउने विषयमा संसदीय दलका नेता शेरधन राई र आचार्यबीच शनिवार नै सहमति भएको थियो ।
संसदीय दलको नेतामा दुई मतले पराजित भएपछि गृह जिल्ला सुनसरी फर्कनु भएका आचार्यका् घरमै पुगेर राईले छलफल गर्नुभएको थियो । पार्टी अध्यक्ष केपी ओली पक्ष संसदीय दलको नेतामा निर्वाचित भएपछि राई आचार्यको प्रस्तावमा सभामुख बनाउने पक्षमा हुनुहुन्थ्यो ।
चार वर्ष अघि शिक्षण पेशाबाट अवकाश भएपछि राजनीतिमा सक्रिय भण्डारी धरान उपमहानगरपालिकाका इन्चार्ज तथा सुनसरी जिल्ला कमिटि सचिव हुनुहुन्छ ।
नेकपा एमाले र नेकपा माओवादी ९केन्द्र०बीचको सहमति अनुसार प्रदेश १ मा मुख्यमन्त्री र सभामुख नेकपा एमालेले पाउने छ भने उपसभामुख माओवादी ९केन्द्र०ले पाउने छ । उपसभामुखको मनोनयन भने फागुन २ गते हुनेछ । नेकपा माओवादी केन्द्रबाट उपसभामुखका लागि सरस्वती पोखरेल र सीता थेवेको दावी छ ।
गोपबाट