Kanakai Online

सुरुङ्गाका २ युवाले बनाए निजि लगानीमा पर्यटकिय क्षेत्र


शनिवार, माघ २७, २०७४ |

लीलाराज झापाली ।
झापा कनकाई नगरका दुई युवा दिनेश शिवाकोटी र मनोज शिवाकोटीले राज्यले गर्न नसकेको काम गरेर सवैलाई आश्चर्य चकित पारेका छन ।

उनीहरुले कनकाई नगरपालिकाको २ र ३ नम्बर वार्डको सिमानामा हालै चर्चित सेल्फी डाँडो सहितको ह्यापी फर्न पार्क निर्माण गरेका छन । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि निर्माणा थालिएको यस पार्कको हाल पनि निर्माण कार्य धमाधम गरिराखिएको छ । आधामात्रै निर्माणकार्य सकिएको यस ह्याप्पी लैण्ड पार्कमा हाल दैनिक हज्जारवढी आन्तरिक तथा वाह्य पर्यटकहरु घुम्न जान थालेका छन ।

यसरी वढी भीडका कारण दैनिक निर्माणको कार्यलाईनै असर पुगेपछि हाल प्रवेश शुल्क समेत लिन थालिएको छ तरपनि मानिसको पार्कमा आउनेक्रम झन वढ्दो रुपमा रहेको छ ।
लामो समय पोखरामा स्टार होटलको डेकेरेशनका ठेकेदारका रुपमा काम गरेका दिनेश शिवाकोटी पेशाले प्रख्यात डिजाइनर हुन । पोखरा छाडेर आफ्नै गाउँ सुरुङ्गामा १० वर्षदेखि झापाको सुरुङ्गामा सुभसाइत घरघडेरी खोलेर जग्गा प्लटिङ्गको काममा लागेका यी जोडी प्लटिङ्ग सगसगै पर्यटन व्यावसायमा हात हालेका हुन । पहिले मैले अरुको अर्डरमा रहेर पोखरामा डोकेरेशन गर्दा यस ठाउँमा यस्तो बनाउन पाए हुनेथियो भन्ने लागिरहन्थ्यो ।

तर होटल साहुकै वढी र आफ्नो कम दिमागको प्रयोग गर्नुपर्ने बाध्यता थियो । दिनेशले कनकाई साप्ताहिकसग भने अहिलेपनि यीनै दिनेशले बनाएका डिजाइनका स्ट्रार होटलहरु पोखरामा चलिरहेका छन । तर आफ्नो जन्मभुमिमा केहि पैसा जम्मा गरेर आफ्नै दिमागको प्रयोग गरेर यस पार्क निर्माण गरेको छु । उनले भने आफुले निर्माण गरेको यस पार्कमा नेपाल तथा अन्य मुलुकबाट समेत पर्यटकहरु आउने शिवाकोटी वताउँछन । उनले आफुले विश्वबाटै दुलर्भ मानिएका रुख विरुवाहरु एउटाको ५ लाख रुपैँयासम्म तिरेर पार्कमा रोपेको दावी गरेका छन ।
४ विगाह २ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको यस पार्कको मुख्य आर्कषण सेल्फी डाँडो हो जमिनबाट ७० फिटको उचाइमा रहेको यस डाँडोमा चढेर दैनि हजारभन्दा वढी मानिसले फोटो खिचेर फेसवुक तथा ट्युन्टरमा अपलोड गरिरहेका हुन्छन । तर आफुले यस क्षेत्रमा पुरा काम सकाएपछि दैनिक १० हजारले यस क्षेत्रको भ्रमण गर्ने शिवाकोटीद्धय बताउँछन । हामीले १३ करोडको लगानीमा यस पार्कलाई पुरागर्दै छौ जसमा जमिन समेतको मुल्य समावेश छ तर यतिनै संरचना सरकारले बनाउदो हो त १ अर्ब रुपैँया खर्च हुन्छ । हामीले अव देशमा चारैतीर समुद्रले छोएको जमिन नहुदा बन्द व्यापार र उद्योग धन्दाबाट फाइदा लिन जति सजिलो हुन्छ त्यो भन्दा पर्यटन व्यावसायबाट सयौगुण फाइदा लिन सक्छौ यसवारेमा सरकारको ध्यान जान जरुरी छ ।
दिनेशले भने , शिवाकोटीद्धयले निर्माण गरेको यस ह्यापी लैण्डपार्कको निर्माणपछि सुरुङ्गा क्षेत्रको ३ किलोमिटर क्षेत्रमै देशकै चर्चित आधादर्जन पर्यटकिय क्षेत्र परेका छन जुन देशमा कहिपनि नभएको शिवाकोटीद्धयको भनाई छ । ह्यापीलैण्ड पार्कको एककिलोमिटरकै दुरीमा नेपालकै चर्चित पर्यटकिय क्षेत्र जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र छ जहाँ बोटिङ्ग र जनावार हेर्नको लागि प्रख्यात रहेको छ । यसैगरी ३ किलोमिटरभित्रै देशकै धार्मिक पर्यटकिय क्षेत्र कोटीहोम नेपालकै लामो कनकाई पुल यसैगरी धार्मिक तथा चर्चित पिकनिक स्पर्ट धनुषकोटीधाम तथा दोमुखा समेत यसैआसपासमा पर्दछ । दोमुखा र धनुषकोटीविच जोड्ने झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ भने यसले पर्यटकलाई थप मनोरन्जन र यातायातमा सहजता थप्नेछ ।

हयापी लैण्डमा वालवालिकाका लागि आवश्यक मनोरन्जनका सामान चिण्डेर्न पार्क , वच्चाको स्वीमिङ्ग पुल , विभिन्न कला संस्कृति झल्कने थारु , सन्थाल , मगर , गुरुङ्गहरुको घर र कलासंस्कृति , मासु नखाने जंगली तथा लोपहुनलागेका चराचुरुङ्गी र जनावार रहने छ । जसमा युवा पुस्तालाई मनोरन्जन दिनका लागि कम्तीमा १२ घण्डा निरन्तर डिजे सहितको साउण्ड सिस्टम रहने र यसमा सवैले प्रवेश शुल्क तिरेपछि निरन्तर नाच्न पाउनेछन ।

सभाहल समेत भित्रै रहनेहुदा कार्यक्रमको समेत आयोजन ागर्न सर्वसाधरणले पाउने तर यसका लागि पहिलेनै हल बुक गराउनुपर्ने संचालकद्धयले बताए ।हाल सो ह्यापी ल्याण्डमा दैनिक नेपाली तथा भारतबाट समेत म्युजिक भिडियो र फिल्म खिच्नका लागि कलाकार र फिल्म युनिट आउन थालेको छ भने भ्यालेन्टाइन डेको अवशर पारेर कलाकारसहित स्पेशल कार्यक्रमको समेत आयोजना गरिएको जनाइएको छ ।
काठमाण्डौ बाहेक देशको अन्य ठाउँमा यस्तो सुविधा नभएको वताउने यी शिवाकोटीद्धयको पौरखलाई एकपटक हेर्नेकी ?