Kanakai Online

सुरुङ्गामा गोर्खा टेलरिङ्ग सटिङ्ग सुटिङ्ग


मङ्गलवार, माघ २३, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा । विर्तामोडमा रहेको चर्चित गोर्खा टेलरिङ एण्ड सटिङ सुटिङको साखा सुरुङ्गामा समेत संचालनमा आएको छ ।
युवा व्यावसायी तथा संचारकर्मी समेत रहेका बीरबहादुर दर्नालद्धारा संचालित टेलरिङको कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले उद्घाटन गर्नुभयो । पोखरेलले उदघाटन गर्दै बन्द निषेधित नगरी सुरुङ्गामा उद्योग व्यावसाय सुचारु गर्न अन्य व्यावारी व्यावसायीलाई समेत अनुरोध गर्नुभयो । उहाँले व्यावसायीलाई वाणिज्य संघ अभिभावकीय रुपमा सुरक्ष ागर्न तथा अन्य मद्धत गर्न समेत तयार रहेको वताउँनुभयो ।

 
कार्यक्रममा अर्का व्यावसायी लायन्स क्लव तथा सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीला चिमरियाले बन्द निषेधित नगरीको गरिमा बनाइसकेको यस नगरीलाई पौरखी उद्योगी व्यावसायीको नगरी बनाउनपनि सवै व्यावसायी र नगरवाशी लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पुर्व सांसद विश्वदिप लिङ्देन , नेपाल कपडा तथा सिलाई बुनाइ संघका उपाध्यक्ष दिपक त्रिखत्री , पुर्वको चर्चित एन्जल्स टेलर्सका संचालक भाइसन बर्देवा , सुरुङ्गा जेसिजका पुर्व अध्यक्षहरु ीशव कडेँल , जनक कार्की , त्रिलोचन चिमरिया , सतासीधाम जेसिजकका संस्थापक अध्यक्ष कृष्ण पोखरेल , चर्चित उद्घोसक राजेश घतानी लगायातले दर्नालले खोलेको दासा्रे साखाबाट समेत पहिले विर्तामोडकै जस्तो सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै गोर्खा टेलरिङ एण्ड सटिङ सुटिङका संचालक बीरबहादुर दर्नालले आफु यस क्षेत्रमा व्यापार मात्रै गर्न नआएको बताउँनुभयो । दर्नालले आफ्ना विर्तामोडमा जाने आधाजसो ग्राहकहरु कनकाई नगर र झापा गाउँपालिका तीरकै वढीजसो भएकोले यस क्षेत्रका ग्राहकलाई आफ्नै ठाउँमा सुविधा दिन पनि आफुले व्यावसायको साखा खोलेको बताउँनुभयो ।
उहाँले टेलरिङ्गको नाफामा आफ्नो निजि सम्पत्तिसमेत थपेर १ करोडको गोर्खा फाउण्डेशनको निर्माण गरि विभिन्न क्षेत्रका अग्रजलाई सम्मान र गरिब जेहेन्द्धार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा गर्नुभयो ।
सोमबारबाट सुरु भएको टेलरिङले उदघाटनको दिनदेखि फागुन महिनाभर हरेक बिलबाट एकजनाका दरले लक्की ड्र मार्फत एकजनालाई भद्रपुर काठमाण्डौको टिकट र थप २ जनालाई सिलाईको सम्पुण खर्च फिर्ताको उपहार राखिएको समेत जानकारी दिनुभयो ।
नेपालीपनको जर्गेना गर्दै उच्चस्तरीय दौरा सुरुवाल , चौवन्दी , सफारी सुट , लगायतका सवै प्रकारका कपडाको साथमा सिलाई समेत एक्कै स्थानमा सेव दिइने समेत दर्नालले बताउँनुभयो । अफिसियल प्रायोजनका लागि समेत ड्रेस उपलब्ध गराइने दर्नालले बताउँनुभयो ।

सम्बन्धित खबर