सुरुङ्गा,१३ माघ ÷ शारिरीक रुपले अस्वस्थ भइ उपाचारमा रहेका झापाली पत्रकारहरु माया पकुवाल, दिपक अधिकारी र सुभद्रा खड्का अधिकारीको उपचारमा थप सहयोग पुर्याउँने उद्येश्यले आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
यसै क्रममा सुरुङ्गा क्षेत्रवाट कनकाई सुरुङ्गा प्रेस क्लवको संयोजनमा संकलन भएको रकम एक कार्यक्रमका विच शनिवार नेपाल पत्रकार महासंघ झापालाई हस्तान्तरण गरीएको छ । सुरुङ्गा स्थित चुडाल वन्धुको सभाहलमा सम्पन्न भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष तारामणि सापकोटा,उपाध्यक्ष एकराज गिरी र सदस्य लिलाराज झापालीलाई क्लवका अध्यक्ष रामप्रसाद निरौलाले सहयोग रकम नगद रु.१८ हजार १ सय एकमुष्ट रुपमा हस्तान्त्रण गरेका हुन् ।
जम्मा भएको रकम मध्ये क्लवका पदाधिकारीहरुवाट ५ हजार ५ सय, लायन्स क्लव सुरुङ्गावाट ५ हजार १ सय, क्लवका सल्लाहकार एवम् कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलवाट २ हजार ५ सय, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओलीवाट २ हजार ५ सय, क्लवका सल्लाहकार एवम् प्रदेश सभा सदस्य हिराकुमार थापावाट १ हजार, क्लवका सल्लाहकार एवम् कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयावाट १ हजार, सल्लाहकार एवम् कनकाई वहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडालवाट ५ सय गरी रकम संकलन भएको वताइएको छ । सोही अवसरमा कनकाई सामुदायिक वन सुरुङ्गाका अध्यक्ष ख्याम ओलीले पत्रकार सहारा उपचार कोषका लागि १० हजार रुपैंया कोषका संयोजक एकराज गिरीलाई हस्तान्तरण गरेका छन् ।
हरेक व्यक्तिवाट भएको सानो सहयोगले ठूलो काम वन्न सक्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य उपचारका लागि पत्रकारहरुलाई सहयोग गर्न कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले सवैसँग अपिल गरेका छन् ।
क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्व एवम् नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका सल्लाहकार समेत रहेका प्रदेश सभा सदस्य हीराकुमार थापा र कनकाई वहुमुखी क्याम्पस सुरुङ्गाका नवनिर्वाचित अध्यक्ष प्रकाश चुडाललाई स्वागत सम्मान गरीएको थियो । पत्रकार लिलाराज झापालीले स्वागत गरेको कार्यक्रमको संचालन क्लवका उपाध्यक्ष मनोज वस्नेतले गरेका थिए ।