Kanakai Online

झापामा ५ रुपैँया कप चिया पाइन्छ !


आइतवार, माघ २१, २०७४ |

लीलाराज झापाली
विर्तामोड माघ २० गते । महङ्गीले आकाश छोएपनि झापाको दक्षिणी गाउँ कुवाडी र सिमलवाडीमा भने अझैपनि ५ रुपैँया कप चिया पिउन पाइन्छ ।
दुध हालेको चिया पिएर पैसा तिर्नेहरु पहिलेत दोकानवाला पैसामा झुक्किको ठानेर पैँसा फिर्ता दिने गरेका छन तर चियाकै दाम ५ रुपैँया भएको थाहा पाएपछि तिनछक्क पर्ने गरेका छन ।
स्थानीय सहारा नेपाल वचत तथा ऋण सहकारीका कार्यालय प्रमुख सागर ओझा भन्नुहुन्छ नजिक्कै रहेको सुरुङ्गा वजारमा यहि चियाको दाम १५ रुपैँया पुगिसक्यो तर यस क्षेत्रका पसलमा भने ५ रुपैँया छ ।
५ वर्षअगाडिसम्म प्रतिकप २ रुपैँया कपले चिया विक्री गर्दै आएकोमा खुजुरा समस्या र चिनीको भाउ वढेपछि हाल ५ रुपैँयाकप चिया विक्रि गर्न थालेको स्थानीय चिया पसले हरिप्रसाद राजवंशी वताउँनुहुन्छ । नाफानै हुन्छ हामी चियाका लागि भारतीय वजारबाट चिनि ल्याउछौ , चियापत्तीका लागि चिया बगान नजिक्कै छ हामी घर गाउँलेलाई थोरै भएपनि सहुलियत दरमा चियापत्ती पाउछौ , राजवंशीले भन्नुभयो “ आफ्ना ग्राहकभनेकै स्थानीय कृषक चिया वगानका मजदुर हुन उनीहरुले १५ रुपैँयामा त पुरा नास्ता गर्नुपर्छ ” यस क्षेत्रमा १५ वढी चिया पसलमा ५ वर्षपहिलेदेखि चियाको मुल्य ५ रुपैँयानै रहदैआएको छ । चिया मात्रै होइन यस क्षेत्रमा स्थानीय रुपमा उत्पादन हुने तरकारी र फलफुलको समेत मुल्य छिमेकी वजारको भन्दा धेरै सस्तो रहनेगरेको स्थानीय संचारकर्मी डिल्लीराम घोर्साइ बताउँनुहुन्छ ।
कुवाडीमा चिया पिउन लागेको भीड तस्वीर लीलाराज झापाली

सम्बन्धित खबर