Kanakai Online

कनकाई नगरमा पर्यटकिय क्षेत्रको प्रचुर सम्भावना नगरका ४ किलोमिटर क्षेत्रभित्र आधा दर्जन पर्यटकिय क्षेत्र


बुधवार, माघ १०, २०७४ |

आइपी भट्टराई ।
देशमै काठमाण्डौ र पोखरापछिको प्रचुर पर्यटकिय सम्भावना कनकाई नगर क्षेत्रले बोकेको छ ।
देशकै उत्कृष्ठ घुम्न यौग्य स्थानको वारेमा समेत कनकाईका जामुनखाडी सिमसारको यस क्षेत्रलाई नेपाली मिडियाले उत्कृष्ठको सुचीमा राखेर प्रचार गरिरहेको वेला कनकाई नगरभित्र सिमसारकै २ किलोमिटर क्षेत्रमा निजि लगानीमा ह्यापी लैण्ड फन पार्कको निर्माण गरिएपछि अहिले पुर्वका थुप्रै पर्यटकहरुको ध्यान तान्न यस पार्क सफल बनिसकेको छ । सुरुङ्गाका दुइ व्यावसायीहरु दिनेश शिवाकोटी र मनोज शिवाकोटीले करिव १३ करोडको लागतमा यस पार्कको निर्माण थालेका हुन आधामात्रै निर्माणकार्य सकाएको वताइको यस पार्कमा अहिले दैनिक हजारको सङ्रख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन ।
जामुनखाडी सिमसार अहिले पर्यटक तथा पिकनिक खाने आउनेहरुको सङ्रख्याले भरिभराउ रहेको छ । सिमसारका अध्यक्ष ख्याम सिटौलाले हरेक वर्ष यस सिमसार तथा पर्यटकिय क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्रख्यामा अत्याधिक वृद्धि हुने गरेको छ । बोटिङ्ग , दुलर्भ बन्यजन्तुको अवलोकन , रवर खेतीको अनुगमन , सिमसार क्षेत्रको अनुगमन लगायातका क्षेत्रको दिनभर अवलोकन पर्यटकले गर्न सक्छन । यसैगरी दोमुखा र धनुषकोटी धाम जगन पाण्डेको दरभार क्षेत्र , देशकै धेरै बन्धुहरुको कार्यालय तथा बंश प्रतिष्ठान रहेको कोटीहवन धार्मिक क्षेत्र विकास क्षेत्र , विश्वमै उत्कृष्टमध्ये मानिने घैलाडुब्वाको कोच संस्कृतिको अनुगमन , छिमेकी झापा गाउँपालिकाको रानी वनक्षेत्रको भ्रमण , शिवसताक्षी नगरपालिका क्षेत्रभित्र रहेको दोमुखा र सताक्षीधाम धार्मिक क्षेत्र , चिल्लागढ पोखरी लगायातका क्षेत्रले पर्यटकको लामो ध्यान तान्ने गरेको छ ।
यी सवै क्षेत्रको एकिकृत विकास गरेर लैजाने हो भने देशका प्रमुख गन्तव्यहरुको पर्यटकको सुचिमा यस क्षेत्र समेत पर्नसक्ने विज्ञहरुको सुझाव छ । यसका लागि पर्याप्त पुर्वाधार र होटलको व्यावस्था प्रचारका लागि महोत्सवको आयोजना गर्नुपर्ने र यस क्षेत्रका संघसंस्था नगरपालिका , होटल व्यावसायी ,ट्याक्सी व्यावसायी , लगायातको एकिकृत साझेदारीमा नगर क्षेत्रको पर्याटनका लागि सामुहि प्रयास हुन जरुरी छ ।
 

सम्बन्धित खबर