कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गा स्थित व्यस्त मानिने मार्केटको ५ तल्ले भवन वाट आज दिउँसै वाईक चोरी भएको छ । झापा बारदशी गाउँपालिका–७ निवासी श्रीप्रसाद मेहताको पार्किङ्क गरेर राखिएको मे ५ प ९०८१ नम्वरको हरियो कलरको १५० सि.सि. को पल्सर वाईक दिउँसो करिव साढे ३ बजेको समयमा चोरी भएको हो ।
आफुले सुरुङ्गा बजरमा रहेको ५तल्ले भवनको पार्किङ्ग एरियामा दिउँसो ३ बजे राखेर माईमेला पुगेर ४ बजे वाइक भएको ठाउँमा आईपुग्दा वाईक उक्त स्थानमा नपाईएको पिडित मेहताले बताए । आफुले सबै तिर वाइकको खोजि गर्दा पनि नभेटिएपछी इलाका प्रहरी कार्यालय सुरुङ्गामा लिखित उजुरी दिएको बताए ।
कनकाई नगरकै अति व्यस्त तथा पहिलो मानिने सुरुङ्गा चौकको ५ तल्ले व्यावसायीक भवनक्षेत्रमा हाल सम्म पनि सामान्य सि.सि.क्यामरा जडान नगरिएको हुनाले यो भन्दा अगाडी पनि सोहि भवनका एक व्यावसयीको समेत वाईक चोरी भएको थियो ।
फोटो ः सुरुङ्गामा रहेको ५ तल्ले व्यावसायिक भवन