कनकाई अनलाईन
सुरुङ्गा , पुस २८ गते । झापाको कनकाई नगरपालिकाभरको खेलकुद गतिविधिलाई एकमुष्ठ रुपमा अगाडि वढाउदैँ आएको कनकाई खेलकुद प्रतिष्ठानको अध्यक्षमा यस क्षेत्रका वौद्धिक युवा दुर्गा प्रसाई सर्वसम्बत चयन हुनुभएको छ ।
ऋाज भएको प्रतिष्ठानको चुनावी साधरणसभाबाट प्रसाईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा झलक सिटौला र राजेन्द्र उप्रेती सचिवमा दिनानाथ खतिवडा , सहसचिवमा अर्जुन गिरी र सरु श्रेष्ठ तथा कोषाध्यक्षमा विनोद उप्रेती रहनुभएको छ । यसैगरी सदस्यहरुमा हरि सिटौला , रविन खरेल , विनोद रानामगर , विश्य विजय खरेल , ऋषि राई , तुलसी विमली , अम्बिका खरेल र रेवत गौतम रहनुभएको छ ।
कार्यक्रम यस क्षेत्रका सांसद एलपीसाँवा लिम्बुको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशसभा सांसद हिराकुमार थापा , कनकाई नगरका मेयर राजेन्द्रकुमार पोखरेल , उपमेयर मन्जु प्रसाई , कांग्रेसका प्रभावशाली नेता देउमान थेवे , सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहाल , कनकाई वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई नगरपालिकाका खेल प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी सन्त रायमाझि , राप्रपाका जिल्ला सचिव केशव ओझा लगायातले शुभकामना दिनुभएको थियो ।
कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको संयोजकत्वमा सोमनाथ उप्रेती र नारायणप्रसाद पोखरेल सदस्य रहेको ३ सदस्यीय समितिले समिति सर्वसम्बत गराएको थियो । कार्यक्रम सुरुङ्गा जेसिजको सभाहलमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन दुर्गा प्रसाई तथा अध्यक्षता ज्योतीकुमार उप्रेतीले गर्नुभएको थियो ।