मनोज बस्नेत
झापाको कनकाई नगरपालिका १ को प्रजापती सुमादायि वनको हिजो सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र स्वतन्त्र उपभोक्ता समर्थित सुर्यथापाको प्यानल विजयी भएको छ । आज विहान सम्पन्न मतगणनामा थापा सहित अधिंकास पदाधिकारी निर्वाचित हुदा अर्का एमाले र माओवादी केन्द्र लगायातको समर्थनमा उम्मेद्धारी दिने शुशिलकुमार पोखरेलको प्यानलबाट एक उपाध्यक्षका उम्मेद्धारले मात्रै जित निकाले । थापाले २४ मत अन्तरको झिनो अन्तरको जित निकाल्दै दोस्रो पटकपनि यस वनको नेतृत् वगर्न सफ लबनेका छन ।
थापाले ४६० मत पाउदा उनका प्रतिद्धन्द्धी पोखरेललले ४३६ मत पाए । पौष २७ गते सम्पन्न निर्वाचनमा ७ पदका लागि २ वटा प्यानल वनाएर १४ जना चुनावी मैदानमा उत्रिका थिए ।
गठवन्नको सर्मथन सहितको त्यस्तै संयुक्त प्यानलका तर्फका अध्यक्षका उम्मेद्वार शुसिल पोखरेल उपविजेता वन्न पुगेका छन् । त्यस्तै उपाध्यक्षमा संयूक्त प्यालन पोखरेलतर्फका मातृका प्रसाद अधिकारील ५ सय २८ मत ल्याएर विजयी वनेका छन् भने उनका प्रतिस्पद्र्धी भागतदास काफ्लेले ३ सय १२ मत प्राप्त गरेका छन् । उपभोक्ता प्यालन थापा तर्फका सचिव मेनुका श्रेष्ठ भुजेलले ४ सय ३६ मत प्राप्त गरेकी थिइन भने उनका प्रतिस्पद्धि पोखरेलतर्फकी गोमा अधिकारी सवासले ४ सय २३ मत मात्र प्राप्त गरेकी थिइन् । सहसचिवमा पनि थापातर्फकै कैलास नेपालीले ४ सय ४६ मत ल्याएर विजयी हुदा पोखरेलपक्षका नाथ बहादुर तिम्सिनाले ३ यस ९३ मत मात्र प्राप्त गर्न सफल भएका छन् ।
थापाकै उपभोक्ता प्यानल कै कोषाध्यक्ष पदकी उम्मद्वार मैया श्रेष्ठले ४ सय ९० मत प्राप्त गरि विजयी हुदै गर्दा उनकि निकटतम प्रतिद्वन्दी कमल वि.क. ले ३ सय ५५ मतमै चित्त वुझाउनु परेको थियो । संयुक्त प्यानल तर्फकै दलित खुल्ला सदस्यका उममेद्वार गंगा नेपालीले ४ सय १ मत प्राप्त गरेर विजेता वनिन भने संयूक्त प्यानल तर्फका धन बहादुर मिजारल ३ सय ९८ मत प्राप्त गरेका छन् । त्यसै गरि उपभोक्ता प्यनल तर्फ कै जनजाती सदस्य रेखा श्रेष्ठले ४ सय ६६ मत प्राप्त गरेर विजयी वनेकि छन् भने उनका प्रतिस्पद्र्धी भिम कुमारी श्रेष्ठले ३ सय २६ मत प्राप्त गरेर पराजित वन्न पुगेकी छन् । ५ सय ७४ घर धुरी रहेको प्रजापती समुदायिक वन उपभोक्ता समुहमा सय ११ सय ४४ मतदाता रहेका थिए ।
पौष २७ गते विहान ८ बजेवाट सुरु भएको मतदानमा ९ सय २१ मत खसेको उपभोक्ता सम्भु खड्काले बताए । नगरपालिका वडा नं.–१ का उपभोक्ता ७० मतदाता थिभएको उक्त सामुदायिक वनमा ९ सय २१ मत खसेको थियो । आफु अगाडीको कार्यकालमा पनि रहेर धेरै कामहरु गर्दै गरेको र केहि बाँकी रहेका केहि अधुरा कार्यलाई पूर्णता दिदै अन्य प्राकृतिक सम्पदाको संरक्षण र वन समुहलाई पर्यापर्यटकिय बनाउनका लागि आफुले दिएको उम्मेद्वारीमा आम उपभोक्ताले माया गरेर जिताउनु भएको छ अव म यस मतको कदर गर्दै आफुले बोलेका र वनको तर्फवाट गर्न सकिने विकासका काममा सदैव अगाडी बढ्ने ४६ वर्षे विजेता थापाले बताए ।