Kanakai Online

स्मरणमा मसुरुदिन


आइतवार, पौष १६, २०७४ |

लीलाराज झापाली
केहिदिनदेखि घरमा ल्यापटपमा जिमेल खोलिरहेको थिएन मोवाइलवाटै हल्का फेसवुक चलाउने र वजारमा गएर न्युज पठाउने काम मेरो दैनिकीमा परिरहेको थियो । सामान्य न्युज लेखेरै मेरा दैनिकीहरु च्लिरहेका थिए ।
तर अप्रत्यारिलो गरेर एउटा फेसवुक पोस्टमा मेरा लागि ब्रेकिङ्ग न्युज देखियो । पहिले पत्याउनै सकिन अनि चारैतीर फोन लगाए उनका परिवारमा कसैको फोन उठेन । त्यो ब्रेकिङ्ग न्युज सधैभरी देह हल्लाउने समाचारको स्रोत अनि मेरै आत्मिय परिवारको सदस्यझैँ लाग्ने मेरा अनन्य मित्र मसुरुदिनको मृत्युको खवर र उनै मसुरुदिनले एकवर्षपहिले वोलेका केहि जिवन वचाइदिन गरेको अपिल पोस्ट गरेका थिए मेरा भाई गौरव पोखरेलले त्यो आवाज मैलेनै भाइ गौरवलाई खिच्न भनेको थिए र मैले प्रश्न सोधेको थिए ।
उनीले आफु अझैपनि कालको नजिक नपुगेको देखाउन कृतिम बन्न खोज्दै थिए सायद तर उनको भित्री आत्मले त्यसकुरालाई म्याच गरिरहेको थिएन । साह्ै कष्टसाथ ५ मिनेटको हाम्रो अन्तरसम्वादनै हाम्रालागि औपचारिक अन्तर्वाताकालागि हाम्रो अन्तिम रह्यो । चट्टानी वोली वोल्ने जनयुद्धका एक सिपाइको त्यो युद्धमा हारेको कैदीजस्तो वोली वोल्नलाई सोभा दिइरहेको थिएन अनि मेरो मनले पनि भनिरहेको थियो मसुरुदिन क ः माओले भन्नुभएझै जतिवेला तिमीलाई समस्या पर्छ त्यसवेला तिमीसग साथमा जे छ त्यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्छौ । हो मसुरुदिन लामो समय भुमिगत जिवन विताएपनि उसले कहिले वम र वारुदको धम्की र कुरा दिएन उसले जहिले पनि आवाजका माध्यमबाट लेखहरुका माध्यमवाट वारुद र बमभनदा सयौगुणा भीमकाय पाहाड फोर्र्ने काम गर्यो । उ र म हामी जनयुद्धबाट प्रभावित किनपनि भयौ भने उ आफ्ना पिछाडि पारिएका वहिस्करणमा पारिएका राज्यवाटै तल्लोदर्जाको उपमा दिएका मुस्लिम नागरिकको हकहितमा लाग्न चाहन्थ्यो ।
अझ उ दलित र मुस्लिम राज्यकै मागलाई लिएर अगाडि वढेको थियो म पनि आवाजविहिनको आवाजलाई अगाडि वढाउने त्यसवेला राजाको प्रत्यक्षशासनकाल पनि भएकोले वोल्न लेख्न नपाईने सोचेर वोल्नुपर्ने सेन्सरगरेर मात्रै लेख्नुपर्ने हामीविचमा मित्रता वढिरेहेको थियो । हामी छोटो समयमानै एकअर्काविच परिचित मात्रै बनेनौ मसुरुदिन मेरा लागि र म उनका लागि आवश्यकपनि भयौँ । भारतीयर संचारमाध्यम र त्यहाका पुलिसअफिसरहरुसग मेरो पहिलो चिनाजानको र सम्पर्क सुत्रको माध्यम उनैले मलाई बनाए । यतिसम्मकी नेपाली पत्रिकामा समाचारलेख्दा ज्यानलाई तलमाथि हुने डरले भारतीय संचारमाध्यमबा समाचार प्रकाशन गरेर सरकारका उच्च तहमा कुरियर समेत गरियो । अनि भारतीय पत्रकारहरुले हामीलाई समाचार हिन्दीमा पठाउने र मैले नेपालीमा उल्थागरेर पनि विभिन्न नेपाली पत्रिकामा छाप्नेजस्ता दुइदेशीय समाचारआदान प्रदान समेत गरियो ।
उसैले हो झापा अमरपथ सडकखण्डबाट सुपारी , रत्तचन्दन , खयर , छाला , गाइवस्तु , विषादी देखि लागुऔषध नेपाल भारत जानेआउने गरेको महत्वपुर्ण समाचार दिने गरेको । म एकजमानामा सो सिमानाकै किङ्ग बनेको थिए । समाचारले जागिर धरापमा परेपछि कतिपटक मेरो घर खोज्दै भारतीय प्रहरी र गुप्तचरका मानिस आउदा पनि कहिले उ र उसका सहपाठीहरुले मेरो घर देखाएनन र उनैहो पत्रकार अझ राम्रो लेख्ने राष्ट्रिय मिडियको पत्रकार हो भनेर मलाई कहिलेपनि परिचित गराएनन उसमा त्यो क्षमता थियो । राजनिति गरेर आफुले पाएको सारा अंश विक्रि गर्यो तर कमाउनकैलागि कहिले आफ्नो पेशा दाउमा राखेन र हामीलाई पनि आर्दशवादी बन्न सधै प्रेरित गरिरह्यो । यतिसम्मकी मर्नेवेलामा समेत एउटा सानो कटेरोमा मर्र पुग्यो तर पैसाका लागि कहिलेपनि पछी कुदेन हुनत मसुरुदिनको पुरा जिवननै सङ्घर्षममा वित्यो । एकपटक मेनपावर व्यावसायी बन्यो ५५ सालतीर हुनुपर्दछ उसले विर्तामोडको भद्रपुर रोडमा म्यानपापर खोलेको थियो । जतिवेला झापामा मेनपावरै थिएन । म त्यसवेला अच्चमित हुन्छु । उसले वोर्डमै लेखेको थियो मसुरुदिनलाई भेटने समय भनेर समयनै तोकेको थियो ।
जनताका लागि त्यस समयमा उ अपिसमा आउने र रहने समय लेखेको थियो । मैले धेरैपछिमात्र सरकारी अपिसमा समेत यस्तो सुचना वोर्ड राखेको देखेको थिए । उ जतिन्जेल वाच्यो क्रियाशिल जिवन वाच्यो अहिले लाग्दैछ यति छोटो जिवन जिउन रहेछ र पो यस्तो क्रियाशील जिवन वाचेको रहेछ । उसलाई जव दुवै मृगौला विग्रियो तवपनि उ सकेसम्म आफ्नो दुःख लुकाउने र हासीखुसी आफ्नो कर्ममा फर्कने असफल प्रयास गर्दैथियो तर शरिरले साथ दिन छाडेपछि कसको के लाग्छ र ? विरामीभएपछि उ व्याक्तिगत प्रयासमा वाच्ने र अरुलाई वचाउने समेत भरपुर प्रयास गर्यो तर जुनदेशमा पैसा र पहुचले सवै राजनिति र सिस्टमलाई गाजेको हुन्छ , त्यसमुलुकमा इमानदारले पाउने पुरस्कार भनेकै मृत्युरहेछ । उसले मृगौला रोगीहरुको जिल्ला भेला गरेर सरोकार समाज बनाएर उनै अध्यक्ष बने तर उनी लामो समय क्रिजमा टिक्न सकेनन सबैलाई छाडेर गए अव उनले बनाएको मृगौला सरोकार समाजले अरुको जिवन वचाउन सके अनि दक्षिणी क्षेत्रमा उनीजस्ता इमान्दार पत्रकारलाई उनको नाममा वार्षिक रुपमा सम्मान गर्न सके मुस्लिम र पछिल्लो वर्गमा पारिएका वहिस्करणमा पारिएका सवैको लागि एउटा उपहार हुने छ ।

सम्बन्धित खबर