Kanakai Online

कनकाई सामुदायिक वन को बिशेष टोल भेला अब प्रत्येक बर्ष १८ हजार क्युफिट सिटौ कटान हुने


आइतवार, जेठ १३, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार बिशेष टोल प्रतिनिधि भेला सम्पन्नगरेको छ ।

वन समुहको चालु आर्थिक बर्ष २०८०र२०८१ को बार्षिक कार्यक्रम गत साधारणसभाबाट पारित भई कार्यनयनको चरणमा रहिरहेको अबस्थामा वन कार्यलयवाट अनुमति लिई थप कटान भएको र सो काटन भएको काठ बिक्रिबितरण गर्नुपर्ने भएकोले मुख्य बजेटलाई यथावत राखी २०८०र२०८१ को पुरक अनुमानित आयव्यमाथी छलफल गर्न समुहले शुक्रबार बिशेष टोल प्रतिनिधि भेला बोलाएको हो ।

वन समुहको सभाहलमा सम्पन्न वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरु र सल्लाहकार समेतको उपस्थितिमा भएको भेलामा वनका अध्यक्ष ख्याम ओलीले २०८०र२०८१ को अनुमानित १ करोड ५० लाख रुपैयाँ बराबरको पुरक अनुमानित आयव्य भएको बार्षिक कार्यक्रम , संसोधित वन कार्य योजना २०८१ र पर्यापर्यटन कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
त्यसैगरी वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले समुहको २०८०र२०८१ को पुरक अनुमानित १ करोड ५० लाख रुपैयाँ बराबरको कार्यय‍जना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
भेलाले अध्यक्ष अ‍ोली र कोषाध्यक्ष खरेलबाट प्रस्तुत गरिएको प्रतिवेदनमा व्यापक छलफल गरी दुबै प्रतिवेदन सर्वसम्मतले पारित समेत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाको उपमेयर आशाशर्मा शिवाकोटीले वनमा अौषधि जन्य बोटबिरुवा लगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले वनमा प्रस्तुत कार्ययोजना अनुसारको बिज्ञान पार्क बनिसक्दा सो पार्क कनकाईको गहना बन्ने वताउनु भयो । सबै घरधुरिका उपभोक्ताले आआफ्नो दायित्व पूरा गर्न सके वन हरावरा बन्ने पनि शिवाकोटीले वताउनु भयो ।

भेलामा कनकाई २ का वडा अध्यक्ष वलराम राई ९प्रताप० , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , कनकाई सव डिभिजन वनका प्रमुख नथुनी गहिवार यादव , वनका सल्लाहकारहरु यमनाथ सेडाई , भीष्म मैनाली लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राख्नुभएको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभएको कार्यक्रमको संचालन समुहकी सचिव मान्ता खरेलले गर्नुभएको थियोे ।
यसैविच लामो समयदेखि समस्याका रुपमा रहेको वन समुहको ढलापडा रुखहरु समेत काटनका लागि कार्ययोजना बनाई पास समेत भइसकेर स्वीकृत लिएको भन्दै अब कम्तीमा ५ बर्षसम्म हरेक बर्ष १८ हजार क्वीफिटका दरले यस वनको जंगली सिसौ काटन मिल्ने वन समुहका अध्यक्ष ख्याम ओलीले बताउँनुभयो ।

सम्बन्धित खबर