Kanakai Online

पशुपतिले गर्यो प्राचिन , एतिहासिक तथा लोपोन्मुख पुरातात्त्विक सामाग्रीको वृहत प्रदर्शनी


आइतवार, जेठ १३, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित यस क्षेत्रकै पुरानो निजि बिद्यालय पशुपति अङ्ग्रेजी माध्यमिक बिद्यालयले बिद्यालयमा प्राचिन , एेतिहासिक तथा लोपोन्मुख एवं पुरातात्त्विक महत्त्वपूर्ण सामाग्रीको एक दिवसिय प्रदर्शनी गरेको छ ।
बिद्यालयले शुक्रबार बिद्यालय परिसरमा बुद्धशान्ति गाउपालिका ४ बर्नेमा रहेको “एेतिहासिक मिनि म्युजियम” संस्थाबाट प्राचिन , एेतिहासिक तथा लोपोन्मुख एवं पुरातात्त्विक महत्त्वपूर्ण सामाग्री ल्याई प्रदर्शनी गरेको हो ।

बिद्यालय स्तरबाट आधुनिक युगका नानिबाबुहरुलाई परम्परा र इतिहास सँग जोड्दै देशको पहिचान बारे जानकारी गराउने , पौराणीक सामाग्री संग परिचित गराउने , हाम्रा पुस्ताले दैनिक जिवनमा कस्ता सामाग्री प्रयोगमा ल्याएका थिए रु जस्ता विषयमा जानकारी होस , भन्ने उदेश्यले पुराना नेपाली परम्परा झल्काउने ऐतिहासिक तथा पुरातात्विक विभागमा सुचिकृत भएका लोपोन्मुख स्थानीय कृषि सामाग्री , बाजा(गाजा, धर्म , संस्कृति र परम्परा जोगाउन मद्धत गर्ने जातीय संस्कृतिक, भौगोलिक , इतिहास बोकेका पुराना दस्तावेज तथा नेपाली मौलिकपन झल्कने गाउँले जीवनको संघर्षका चिनारी सहितका सामाग्रीको खुल्ला प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल एलपी उप्रेतीले जानकारी गराउनु भयो ।
अहिलेको समयमा संस्कार सहितको शिक्षा प्रदान गर्न र बिकासको क्रमलाई अध्ययनको बिषय वनाउन पनि यस किसिमको कार्यक्रमले मद्दत गर्ने भएकोले पशुपति अङ्ग्रेजी माध्यमिक बिद्यालयले यो कार्यक्रम राखेको र हरेक बिद्यालयमा पुराना बस्तुको संग्राहलय आवाश्यक रहेको प्रिन्सिपल उप्रेती बताउनु हुन्छ ।

विभिन्न प्राचिन , एेतिहासिक तथा लोपोन्मुख एवं पुरातात्त्विक महत्त्वपूर्ण ३०० भन्दा बढी सामाग्रीको प्रदर्शनी कार्यक्रममा बिद्यालयका शिक्षक , बिद्यार्थी , कर्मचारी , अभिभावक , छिमेकी बिद्यालयका शिक्षक , बिद्यार्थी लगायतले अवलोकन गर्नु भएको थियोे ।

सम्बन्धित खबर