Kanakai Online

सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्दै


शनिवार, जेठ १२, २०८१ |

कनकाई अनलाईन
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थित बिजुले फेदीमा स्थापना भएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटेको छ ।
खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंसहित उक्त संस्थामा आवद्ध पुरी बन्धुहरुले मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । समाजले सहकाली देवीथानमै पुगेर गत जेठ १० गते समाजका तर्फबाट ३० हजार ५५ रुपैयाँ र समाजमा आवद्ध बन्धुहरुले करिव १ लाख ३४ हजार रुपैयाँ गरी जम्मा १ लाख ६४ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अर्जुन पुरीको पहलमा वडाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समाजमा आवद्ध पुरी बन्धुहरुले ब्यक्तिगत रुपमा पनि घण्टी र आर्थिक सहयोग गरेको संस्थाका सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए ।
सहकाली देवीथानमै पुगेर पूजा आराधना गर्दै संक्षिप्त रुपमा कार्यक्रम गर्दै मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरिएको बताइएको छ । समाजका अध्यक्ष सरोज पुरी ९भीम० को अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडाध्यक्ष अर्जुन पुरी, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पुरी, पुजारी सारद पुरी, सहायक पुजारी बिनोद पुरीलगायतले आ–आफ्नो भनाई राख्दै खोटाङ–हलेसी पुरी बन्धु समाज साथै समाजमा आवद्धको आर्थिक सहयोगले मन्दिर निर्माण गर्न सफल हुने भन्दै धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव कृष्णप्रसाद पुरीले गरेका थिए । सहकाली देबीथानको स्थापना २०४६ सालमा स्व। चन्द्रबहादुर पुरीले गरेका थिए ।
समाजका अध्यक्ष सरोज पुरी ९भीम० ले ब्यक्तिगत रुपमा करिव १० हजार मूल्य बराबरको मन्दिरका लागि घण्टी प्रदान गरेका छन् । त्यस्तै ब्यक्तिगत रुपमा डम्बरबहादुर र चित्रकुमारी पुरीका छोराहरुले ३८ हजार २६५ रुपैयाँ, नविन पुरी र परिवारले आफ्ना मातापिता लेखानीप्रसाद र चन्द्रमाया पुरीका नाममा १० हजार १११ रुपैयाँ, काजिबहादुर र मनमाया पुरीले ११ हजार १५५ रुपैयाँ, छबिलाल र पदमकुमारी पुरीले ११ हजार ११५ रुपैयाँ, छबिलाल र निरमाया पुरी ९बिजुले० ले ११ हजार १११ रुपैयाँ इन्द्रमाया पुरी ९छोरा प्रकाशपुरी ९आरबोटे० ले लगायतले आर्थिक सहयोग गरेका छन् । मन्दिर स्थापनाभएपछि त्यहाँ बासिन्दालाई हरेक कुरामा राम्रो हुँदै गएको स्थानीयको भनाई छ । समाजले आगामी दिनमा पनि मन्दिर निर्माणका लागि सकेको सहयोग गर्दै जाने अध्यक्ष सरोजले बताएका छन् ।

सम्बन्धित खबर