Kanakai Online

दमकमा माओवादीले १ लाख लिची र कागती रोप्दै


शुक्रवार, जेठ ११, २०८१ |

कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रले दमक क्षेत्रमा एक लाख लिची र कागतीको बिरुवा रोप्ने भएको छ । पूर्वेली संगठन सुदृढीकरण अभियानलाई तीव्रताका साथ अगाडि बढाएको नेकपा माओवादी केन्द्रले एक घर एक लिची र कागतीको बिरुवा रोप्न लागेको पार्टीका प्रदेश समिति सदस्य दुर्गा चौलागाई ९श्रीकान्त० ले जानकारी दिएका हुन्।

जनआन्दोलन पछि पूर्वको संगठन निर्माणमा पार्टीले खेल्नु पर्ने भूमिका कम भएको महशुस गरेर अभियान सञ्चालन गरिएको कोशी प्रदेश सदस्य बिरेन्द्र बस्नेतले बताए । पाँच वर्ष भित्र दमकलाई आत्मनिर्भर बनाउने उद्धेश्यले लिची र कागतीको बिरुवा घर घरमा रोप्न लागिएको पार्टीका दमक नगर अध्यक्ष रवि बस्नेतले जानकारी दिए । जनतालाई उत्पादनसँग जोड्ने नीति अनुसार जेठ १३ गतेदेखि फलफूलका बिरुवा रोप्न लागिएको प्रदेश सदस्य श्रीकान्तले बताए।

संगठन सुदृढीकरण अभियान कै बीच जनयुद्धमा सहयोग गर्ने परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको पार्टीका जिल्ला अध्यक्ष राजु आचार्य ९अग्नी० ले जानकारी दिए । दमकका करिब एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शुभकामना पत्र समेत हस्तान्तरण गरिने उनले बताए ।

२०६४ पछाडी पार्टीको अवस्था निरन्तर खस्किएपछि माओवादी केन्द्रले विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ।

सम्बन्धित खबर