Kanakai Online

खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु


बिहिवार, जेठ ३, २०८१ |

कनकाई अनलाईन
झापा र इलामको सिमास्थित कनकाई माई नदिमा पानीको बहाव बढेसगै खोलामा बाँसको चाली बनाएर काठ चोरी तस्करी गर्ने क्रम बढेर गएको छ ।
प्रहरीले बिहिवार बिहान २.३० बजेको समयमा झापा शिवसताक्षी नगरपालिका १० दोमुखास्थित माई खोलामा बगाएर इलामबाट झापा ल्याउदै गरेको साखु जातको २०.२२ क्युबिक फिट काठ नियन्त्रणमा लिएको छ ।
नदिमा बगाएर लैजादै गरेको अवस्थामा उक्त परिणामको काठ इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सव डिभिजन वन कार्यालय इलाम र गैडे सामुदायिक वन कार्यालय झापाको सयुक्त बन गस्ती टोलीले उक्त परिमाणको काठ बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त काठलाई हाल गैडे सामुदायिक वन समुहको घाटगद्धीमा राखिएको प्रहरीले जनाएको छ ।
कनकाई माई नदिमा पानीको वहाव बढेसगै ठुलो गिरोह उक्त नदिमा बाँस र टयुवको चाली बनाएर साखु जातको काठ चोरी तस्करीमा संग्लन रहदै आएको छ ।
फोटो ः प्रहरी र गस्ती टोलीले बरामद गरेका साखु जातको काठ

सम्बन्धित खबर