Kanakai Online

सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु


सोमवार, वैशाख ३१, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका २ सुकेडाँगीमा घरमा बिजुलीको चिम लगाउनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आइतवार साँझ ६ः ४५ बजे घरमा आफ्फै बिजुलीको चिम ( बल्भ) होल्डरमा फेर्नेक्रममा स्थानीय २३ बर्षिय मिना श्रेष्ठलाई अचानक करेन्ट लागेको र उपचाकारका लागि बिर्तामोडस्थित विएण्डसी अस्पताल लैजादा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान समेत वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको र मृतक मिना घरमा एक्लै रहदै आएको समेत प्रहरीले जनाएको छ । मृतकको पोस्टम्याटरमा लागि शव लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर