Kanakai Online

झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल


आइतवार, वैशाख ३०, २०८१ |

कनकाई अनलाईन
झापाको झापा गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्यानरत् सबै कक्षा ९ का विद्यार्थीलाई गाउँपालिकाले साईकल प्रदान गरेको छ । आज विशेष कार्यक्रमका विच गाउँपालिकाले सरकारी विद्यालयमा अध्यानरत् विद्यार्थीहरुलाई साईकल प्रदान गरेको हो ।


गाउँपालिकाले गत २०७५ सालदेखिनै गाउँपालिकाले हरेक बर्ष पालिकामा अध्यानरत् छात्राहरुलाई साईकल वितरण गरिदै आएकोमा यसबर्षदेखि भने कक्षा ९ मा अध्यानरत् सबै छात्र—छात्रालाईनै साईकल वितरण गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलियाले बताउँनुभयो । यस आर्थिक बर्षमा समेत गाउँपालिकाले साईकल खरिदका लागि ४० लाख रुपैँया बजेट बिनियोजित गरेको र यस बर्ष कक्षा ९ का ३४३ जना विद्यार्थी सबैलाई एक एक थान साईकल वितरण गरेको अध्यक्ष थपलियाले बताउँनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिकाकी कार्यवाहक अध्यक्ष थपलियाले साईकल विद्यार्थीहरुका लागि भएकोले उनीहरुको शिक्षा लिनका लागि मात्रै प्रयोगमा ल्याइदिन अनुरोध गर्नुभयो । साईकल वितरणको प्रमुख योजनाकार गाउँपालिकाका अध्यक्ष जयनारायण शाह भएकोले उहाँको योजनालाई आफुहरुले निरन्तता दिदै आएको समेत थपलियाले बताउँनुभयो ।

२०७४ को निर्वाचनमा अध्यक्ष जयनारायण शाहले गाउँमा जादा साईकल नहुँदा एकजना छात्रा स्कुल जान नपाएर रोएको देखेपछि उहाँले कम्तीमा स्कुल जानका लागि छात्राहरुलाई सहज होस भनेर कक्षा ९ का छात्राबाट थालनी गरेको यो साईकल बितरण कार्यक्रम आज आइपुग्दा कक्षा ९ का छात्रा छात्र सबैलाई बितरण गर्न थालिएको थपलियाले बताउँनुभयो । निर्वाचन जितेपछि आफुहरुले छोरा छोरी बराबरी भन्ने अवधारणाअनुसार साईकल वितरण थालेको थपलियाले बताउँनुभयो । गाउँपालिकामा अध्यानरत सबै कक्षाका कक्षा ११ र १२ का विद्यार्थीको समेत पढाई निशुल्क गरिदिएको थपलियाले बताउँनुभयो । १२ माथि पढन चाहने समेत उच्च तहमा अध्यान गर्न चाहने र प्राविधिक शिक्षा लिन चाहनेलाई समेत शिक्षामा पालिकाले सहयोग गरिरहेको अध्यक्ष थपलियाले बताउँनुभयो । महिलाले चलाएको पालिका समेत राम्रो हुदो रहेछ भनेर प्रमाणित गर्नु छ राम्रो पढनुहोस हामी स्वास्थ्य र शिक्षामा आमुल परिवर्तन गर्छु लगानी थप गरिन्छ, अब सबै विद्यार्थीलाई कोचिङको व्यावस्था गर्ने छु थपलियाले भन्नुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्र थपलियाले गाउँपालिकामा केन्द्र र प्रदेश सरकारबाट प्राप्त हुने शिक्षामा ससर्त बजेट बाहेकपनि ३ करोड रुपैँया बजेट गाउँपालिकाले शिक्षामा बिनियोजित गरेको र यसमध्येको प्रमुख बजेट विद्यालयमा अध्यानरत् छात्रछात्रालाई साईकल बितरण गर्नमा खर्च गरिएको बताउँनुभयो । साईकल प्राप्त गरेपछि आफुहरुलाई समयमै स्कुल पुग्न र घर आउन मद्धत मिलेको स्थानीय जनता माविका छात्र विनोद मुर्मुले बताउँनुभयो ।
साईकल बितरण पछि आफ्नो शिक्षा लिन र विद्यालयमा जान आउनमा लाग्ने समय बचेको स्थानीय डिल्लीराज माविका विद्यार्थी मेरिना मुर्मुले बताउँनुभयो ।
झापा गाउँपालिकामा ५ बटा मावि विद्यालय रहेको र पालिकाबाट साईकल वितरणपछि सबै विद्यार्थीहरुको अध्यानमा मद्धत मिलेको जनता माविका सहायक प्रधानध्यापक तथा झापा गाउँपालिका शिक्षक महासंघका सचिव समेत रहनुभएका टिकाप्रसाद कट्टेलले बताउँनुभयो ।
पालिकाले कक्षा ११ र १२ मा अध्यानरत् सबै विद्यार्थीलाई छात्रवृति प्रदान र स्नातक तहमा समेत प्राविधिक विषयमा अध्यान गर्ने विद्यार्थीका लागि समेत विशेष छात्रवृति प्रदान गरिरहेको झापा गाउँपालिका वार्डनम्बर ५ का वडाध्यक्ष सखिचन्द ठाकुरले बताउँनुभयो ।
साईकल बितरण कार्यक्रममा बोल्दै विद्यालयका शिक्षा साखा प्रमुख जीवन ढकालले साईकललाई अन्य प्रयोजनमा नल्याउन र शैक्षिक प्रयोजनमा ल्याउन अनुरोध गर्नुभयो । यस साईकलबाट कक्षा १०, ११ र १२ कक्षामा पुग्दा समेत विद्यार्थीले अध्यानमा सहजता होस भनेर हामीले प्रदान गरेका हौ ढकालले भन्नुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा समितिका सदस्य सुन्दरलाल गणेश लगायातले पालिकाले शिक्षामा लगानी गरेर राम्रो कार्यको थालनी गरेको भन्दै धन्यावाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विशेष कुराकानी गदै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले आफु विशेष कारणले पालिकाको जिम्मेवारीमा अहिले नभएको भएपनि आफुले सुरुवात गरेको कार्यक्रमलाई पालिकाले निरन्तता दिइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

आफु २०७४ सालको निर्वाचन जितेपछि आफु गाउँपालिकाको विकास निर्माण लगायातका वारेमा अनुगमन गर्ने क्रममा झापा गाउँपालिका १ नम्बर वार्डमा घुम्दै जादा एउटा घरमा स्कुल जाने वेलामा एकजना कक्षा ९ की छात्रा स्कुल जान नपाएर रोइरहेको देखेर आफुले बुझ्दा घरमा भएको एउँटा साईकल समेत आफ्ना दाजुले लिएर अन्यत्र गइदिएकोले स्कुल जान नपाएर रोएको थाहा पाएपछि, आफुले अर्को साईकल किन्नका लागि घरपरिवारमा भन्दा साईकल किन्ने अवस्था उक्त घरको समेत नभएको थाहा पाएपछि कम्तीमा अध्यानगर्ने विद्यार्थीको आफ्नै साईकल हुदा शिक्षामा सहयोग पुग्ने देखेर सोही बर्षबाट झापा गाउँपालिकामा अध्यनरत् कक्षा ९ का छात्राहरुबाट आफुले कार्यक्रम बनाएरै लागु गरेको बताउँनुभयो । पछि आफुले ल्याएको कार्यक्रमको सिको खासमा मधेस प्रदेश सरकार र पालिकाहरुले समेत सिको गरेको पाइएको अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।

सम्बन्धित खबर