कनकाई अनलाईन
विश्व रेडक्रस दिवशको अवशर पारेर यहाँस्थित नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपसाखाको आफ्नै भवन उदघाटन सहित दातालाई सम्मान गरिएको छ ।
सामुदायिक सहितको २ तले भवनको झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बु, कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, नेपाल रेडक्रस सोसाईटीका झापा जिल्ला सभापति लोकराज ढकाल लगायातले सुविधासम्पन्न नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपसाखाको भवन उदघाटन गर्नुभयो । सोही अवशरमा उक्त भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले रेडक्रसले समाजमा पुर्याउदै आएको कामहरुको प्रसंसा गर्दै आफुले पनि सांसदका रुपमा तथा व्याक्तिगत रुपमा समेत रेडक्रसको अभियानमा जोडिरहने प्रतिवद्धता जनाउनुभयो । रेडक्रसले ब्लड बैँक लगायातका गतिविधिमा आफ्नो प्रत्यक्ष सहयोग रहने सांसद साँबाको प्रतिवद्धता थियो । यसैविच सांसद साँबाले समेत रेडक्रस भवन निर्माणमा आर्थिक सहयोग पुर्याउनुभएको थियो ।
रेडक्रस भवन अब कनकाई नगरवाशीको साँझा सम्पत्ति भएको भन्दै सबै दातापरिवारहरुमा सांसद साँबाले धन्यावाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाभित्रका सबैभन्दा पुरानो र नगरवाशीको दुख्खका वेला सहयोग गर्दै आएको संस्था रेडक्रस भएको भन्दै कनकाई नगरपालिका समेतले रेडक्रस भवन बनाउनका लागि नगद ५ लाख सहयोग गरेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै रेडक्रसका झापा जिल्ला सभापति लोकराज ढकालले कनकाईमा सबै दातापरिवारको सहयोगले सामाजिक गतिविधिमा थप उर्जा मिलेको बताउँनुभएको छ । सभापति ढकालले झापामा २६ उपसाखा रहेकोमा २४ उपसाखाको आफ्नै कार्यालय भवन रहेको र कनकाई सुरुङ्गामा सभाहल सहितको सुविधासम्पन्न भवन निर्माण भएको बताउँदै रेडक्रस भवनमा दमकमा बाल अस्पताल समेत सञ्चालनमा रहेको जानकारी दिनुभयो । रेडक्रसको पुर्व सुचना प्रणाली विश्वमै उदाहरणीय रहेको भन्दै यसको सिको गर्न र अध्यान अनुसन्धानका लागि अन्य मुलुकबाट समेत अध्येताहरु आउने गरेको रेडक्रस सभापति ढकालको भनाई थियो । विश्वमा १५ करोड रेडक्रसकर्मीहरु शान्ति स्थापनाका लागि अभियानमा जोडिरहेको भन्दै रगत दानमा देशको एकमात्र संस्था रेडक्रस भएको ढकालले बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाईले नगरपालिकाको समृद्धिका लागि नगरले रेडक्रस जस्ता संस्थाहरुलाई अधिकक्तम प्रयोगमा ल्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्साल लगायातले शुभकामना राख्दै रेडक्रसले मानवीय सेवामा पुर्याएको योगदानको चर्चा गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी सुरुङ्गाका सभापति बालकृष्ण प्रसाईको सभापतित्व तथा सचिव अर्जुन बोहोराको सञ्चालनमा आयोजित कार्यक्रको स्वागत उपाध्यक्ष अम्बिका चापागाईले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस झापाका मन्त्री चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष ओमप्रकाश गौतम, कनकाई माविका प्रअ कर्णबहादुर डाँगी, अध्यक्ष चन्द्रप्रसाद प्रसाई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई लगायातको आतिथ्यता रहेको थियो ।