कनकाई अनलाईन
सुरुङ्गा , पुस २ गते । झापाको कनकाई नगरपालिका सुरुङ्गामा आगामी पुस ९ गतेदेखि २ दिने तेस्रो थानेश्वर राई कप अन्तराष्ट्रिय कराते च्यायापिङ्गसिप कराते प्रतियोगिता हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि यस प्रतियोगिताको वारेमा जानकारी गराइएको हो ।
स्थानीय आयोजक कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा भारतका ४ टिम र नेपालका ७ टिमगरी जम्मा ११ टिमका १५० खेलाडीले विभिन्न तौल समुह तथा कातामा प्रतिस्पर्धागर्ने आयोजक समितिका उपाध्यक्ष तथा प्रतिष्ठानका अभियान्ता सुनिल भेटवालले वताउँनुभयो ।
कराते विधाका नेपाल जन्मदाता थानेश्वर राईको सम्मानमा हरेक वर्ष यस प्रतियोगिताको आयोजना गरिर्दै आएको कराते सिनियर प्रशिक्षक सौरव प्रधानले बताउँनुभयो । भारतको ४ टिम पटना , बेष्ट बङ्गाल , दार्जिलिङ्ग , र कलकत्ताको टिम तथा नेपालको झापा मोरङ्ग र सुनसरी लगायातका टिमका खेलाडीहरुको सहभागिता रहने समेत आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेतीले बताउँनुभयो ।
स्थानीय कनकाई माविको चौरमा हुने प्रतियोगिताको सवै तयारी पुरा भएको तथा खेलाडीलाई खान वस्नका लागि स्थानीय होटल तथा होमस्टेमा तयारी गरिएको आयोजकको भनाई छ । प्रतियोगिता संचालनका लागि कनकाई नगरपालिकाले ५० हजार तथा आयोजक तथा अन्य दाताहरुबाट आर्थिक संकलन गरिएको वताइएको छ । यसैविच आगामी पुस ४ गतेदेखि ७ गतेसम्म वार्डस्तरीय भलिवल प्रतियोगिताको समेत आयोजना गरिएको जनाइको छ ।
पत्रकार सम्मेलनमा खेलकुद प्रतिष्ठानका सदस्य राजेन्द्र उप्रेती , ऋषि राई , रेवत गौतम , गोपाल शिवाकोटी लगायातको सहभागिता रहेको थियो ।