कनकाई अनलाईन
झापा क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभाको सवै ३ वटै क्षेत्रमा वाम उम्मेद्धारले भारी मतले विजयी बनेका छन ।
बाम उम्मेद्धारको सामु कांग्रेसका उम्मेद्धारहरु प्रतिस्पर्धामा समेत आउन सकेनन । प्रतिनिधिसभामा एमालेका लालप्रसाद शर्मा एलपी ४३ हजार ५१५ मत ल्याउदै विजयी हुदा उनका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत ल्याउनुभयो ।
जसमा साँवा १६ हजार ६९६ मतअन्तरले विजयी भएका हुन । यता प्रदेशसभाको क मा माओवादी केन्दका झलकसिंह दर्लामीमगर शन्देश १७ हजार २५६ मतका साथ विजयी हुनुभयो । उहाँका निकत्तम प्रतिद्धँद्धी नेपाली कांग्रेसका किरण भट्टराईले १२ हजार ४८१ म्तमात्रै ल्याउनुभयो जसको मतअन्तर ४ हजार ७७५ हुनजान्छ ।
यसैगरी प्रदेश ख मा समेत एमालेका उम्मेद्धार हिराकुमार थापा २४ हजार ९०१ म्त ल्याउदै विजयी हुनुभयो उहाँका निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका उत्तम सुवेदीले १४ हजार ९६५ मत ल्याउनुभयो । यस क्षेत्रमा समेत ९ हजार ९ सय ३६ मतको फरक रहेको छ । यो सगै झापा तथा मेची अंचलमै वाम लालकिल्लाको विरासत पुन दोहोरिएको छ । झापामा वाम र राप्रपाविच चुनावी तालमेल भएको थियो ।
झापा ३ मा राप्रपाका उम्मेद्धार राजेन्द्र लिङ्देनलाई वामले साथ दिदा मेचीभर राप्रपाले वामका उम्मेद्धारलाई साथ दिएका थिए । झापा ३ मा समेत राप्रप्राका उम्मेद्धार राजेन्द्रकुमार लिङ्देन भारी मतले विजयी भएपछि उनीसमेत एमालेमा प्रवेश गर्ने चर्चा पनि चलेको छ ।
झापा ४ मा कसले कति मत पाए ???
झापा ४ मा कुल ७७ हजार १९२ मत खसेकोमा ३ हजार ५६३ म त वदर भएको थियो भने ७३ हजार ६ सय २९ मत सदर भएको थियो । भने झापा ४ मा संघिय लिम्बुवान मन्च कुल ११३२ मतका साथ तेस्रो शक्ति बनेको छ भने विवेकशील साँझा पार्टी ६६५ मतका साथ चौथो , संघिय समाववादी फोरम नेपाल ४७२ मतका साथ पाचौँ एकिकृत राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी ३३२ मतका साथ छैठौँ , राष्ट्रिय जनमुक्ति पार्टी २८८ मतका साथ सातौँ , देशभक्त जनगणतान्त्रिक मंच १५१ मतका साथ आठौँ , मंगोल नेशनल ९४ मतका साथ नवौँ र ग्रीन नेपाल पार्टी ९० मतका साथ दशौ स्थानमा पर्न सफ लबनेका छन ।
झापा ४ मा कुल १३ जना चुनावी दौडमा रहेका थिए । वाकी ३ उम्मेद्धार स्वतन्त्र उठेका थिए । जसमा गुलावको फुल ३७ , आप १८ र कैची चुनावचिन्हले १३ मत ल्याएका थिए ।