Kanakai Online

सुरुङ्गाको सिटी हस्पिटल उपाध्यक्षमा सुरेन्द्र प्रधान


सोमवार, मंसिर १८, २०७४ |

कनकाई अनलाईन ।
१५ सैँयाको सुविधासम्पन्न बन्दै गरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको व्यावस्थापन समिती उपाध्यक्षमा लायन्स क्लव अफ कनकाईका अध्यक्ष तथा स्वास्थ्यकर्मी सुरेन्द्रकुमार प्रधान चयन हुनुभएको छ ।
नेपाल सरकारवाट सोझै नियुक्त हुने यो पदमा झापा कनकाई नगरपालिका ३ निवासी प्रधान चयन हुनुभएको हो । अस्पतालको संरक्षकमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , अध्यक्षमा वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया र सचिवमा स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर दुर्योधन यादव रहनुभएको छ । अव केहि महिनादेखिनै आफ्नै सुविधासम्पन्न भवनमा सर्न लागेको र नागरिक स्वास्थ्य विमाको कार्यक्रम समेत चाडै सुरु गर्ने समेत उपाध्यक्ष प्रधानले बताउँनुभयो ।
जिल्ला अस्पतालकै मोडेलमा निर्माण भइरहेको सिटि हस्पिटलमा विभिन्न विधाका ७ जना डाक्टरकै दरवन्दी रहने तथा हस्पिटलभित्रै विमा कम्पनीको फार्मेसी समेत संचालनमा आउने प्रधानले जानकारी दिनुभयो ।

सम्बन्धित खबर