Kanakai Online

वृद्धभक्तापछि अव रेलमा चढाउने , ओली


आइतवार, मंसिर १७, २०७४ |

कनकाई अनलाईन
बिर्तामोड मंसीर । निर्वाचन नजिकिदै जाँदा झापाको क्षेत्र नं. २ बाट विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर वढेकोे छ ।
 
राजपाका केन्द्रीय सदस्यसहित नेकपा माले, नेपाली कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम पार्टी र तिनका भातृ संगठनका जिम्मेवार कार्यकर्ताले आफ्नो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
 
पार्टी प्रवेश गर्नेहरुमा राजपाका केन्द्रीय सदस्य द्रौपदिकुमारी गणेश, विनोदकुमार गणेश, दिपेश गणेश, नेपाली कांग्रेसका अर्जुनधारा नगरपालिकाका वडा अध्यक्षका उम्मेद्वार रमेश काफ्ले, क्रिायाशिल सदस्य रत्ना वस्नेत, नेकपा मालेका बिर्तामोड नगर कमिटि सचिव पुण्य पौड्याल, बिर्तामोड नगर कमिटि सदस्य हमलादेवी तिवारी, भोजराज मैनाली, राममाया दाहाल, चन्द्र ओली, ध्रुव पाठक, प्रशान्त तिवारी, नारायण तिम्सिना,इन्दिरा पाठक लगायत छन् ।
 
त्यसैगरी नेपाल लोकतान्त्रिक फोरम पार्टीका उपमेयरका उम्मेद्वार प्रिस्किला अधिकारी, सदस्य सन्तोष अधिकारी, संघिय लिम्वुवान मञ्च झापा उपाध्यक्ष केशवप्रसाद मैनालीसहित पाँचसय ३० जनाले एमाले प्रवेश गरेका बिर्तामोड नगर कमिटि अध्यक्ष ज्ञानु प्रसाईले बताएका छन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
झापाका वाम गठवन्धनका उम्मेद्वारसँग स्थानीयले आफ्नो गाउँ तथा टोलका समस्या राख्ने गरेका छन् ।
उनीहरुले चुनावी प्रचारप्रसार अभियानमा जाँदा जसले हाम्रो ठाउँको विकास गर्छ त्यसलाई भोट दिने बताएको वाम गठवन्धनका उम्मेद्वारहरुले बताएका छन् । त्यसका लागि वाम गठवन्धनका उम्मेद्वारले जितेर गए आफ्नो क्षेत्रका समस्या पहिचान गरी समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
झापा क्षेत्र नं. २ को २
झापा क्षेत्र नं. २ का वामगठवन्धनका प्रतिनिधिसभा सदस्य पदकी उम्मेद्वार पवित्रा निरौला खरेलले जनतालाई पैसा नदिने बल्छी दिएर सक्षम बनाउने बताएकी छिन् । पैसाले एक छाक माछाको शव्जी मात्र टार्ने बताउँदै वाम गठबन्धनको सरकारले जनतालाई सीपमुलक कार्यक्रम ल्याएर आयआर्जन गर्न सक्षम बनाउने उनले बताएकी छिन् ।
उम्मेद्वार खरेलले वाम गठवन्धनको सरकारले बिभिन्न कारण नागरिकता नपाउनेलाई नागरिकता दिलाउने, महिला पुरुषको ज्याला समान बनाउने, सुकुम्वासीहरुलाई धनिपूर्जा वितरण गर्ने लगायतका आश्वसान दिएकी छिन् । उनले बिर्तामोड १ मा पनि सम्वोधन गरेकी थिइन् ।
अर्जुनधारा ११ सालवारीमा घरदैलो पछि र्याली भएको थियो । र्याली सालवारीबाट लक्ष्मीपुर मावि स्कुल हुँदै, शनिश्चरे, महानन्द चोक भएर अर्जुनधारा–६ स्थित मातामन्दीरमा आएर चुनावीसभामा परिणत भएको थियो । र्यालीमा दुईसय ५० भन्दा बढीको सहभागिता थियो ।
चुनावीसभालाई प्रदेशसभा सदस्य पदका उम्मेद्वार विर्ख प्रधान, माओवादी केन्द्रका ज्योतीसिंह दर्लामी, प्रतिनिधिसभाकस् समानुपातिक उम्मेद्वार कमला थापामगर, प्रदेशसभाकी समानुपाितक उम्मेद्वार जसमाया गजमेर, अर्जुनधारा नगरपालिका मेयर हरिकुमार राना, राप्रकाका समानुपाितक उम्मेद्वार राजु धमाला, लगायतले सम्वोधन गरेका थिए ।
भरखर मात्र नेपाली कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका रमेश काफ्लेले नेपाली कांग्रेसको हुकुमवाद सहन नसकेर एमाले प्रवेश गरेको बताएका छन् ।
अर्जुनधारा वडा नं. ६ का चुनाव परिचालन समितका संयोजक चन्द्र काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १० का चुनाव परिचालन समितका संयोजक क्मार सापकोटा, वडा नं. ११ का चुनाव परिचालन समितका संयोजक लवकुश गौतम लगायतको आतिथ्य रहेको थियो ।
 
झापा क्षेत्र नं. २
वाम गठवन्धनका झापा क्षेत्र नं. २ को १ का प्रदेशसभा सदस्य पदका उम्मेद्वार एकराज कार्कीलाई कनकाई नगरपालिका ९ का स्थानीयले घाग्ग्रा खोलाले बर्षेनी दुःख दिएको बताउदै हामी भोट दिन्छौ जितेपछि खोलामा तटबन्ध गरिदिन आग्रह गरेका छन् । बाटो टेलीफोन र बिजुलीको पनि समस्या भएको तर खोलाले भने सबै भन्दा बढी दुःख दिने गरेको उनीहरुले उम्मेद्वारसँग गुनासो राखेका थिए ।
झापा क्षेत्र नं. २ को कनकाई–९ मा घरदैलो कार्यक्रम पुगेका उम्मेद्वार कार्कीले आफुले जिते ती समस्याको समाधान खोज्ने बताएका थिए । ‘सवै क्षेत्रमा समस्या छन्’ उम्मेद्वार कार्कीले भने ‘ती समस्या क्रमश गर्दै समाधान गर्नेछु ।’ उनले त्यसका लागि वाम गठवन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने उनको भनाई थियो । घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम बिर्तामोड ३ मा पनि भएको छ ।
 नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले वामगठबन्धनको सरकार बनेपछि केही समयमै बुढापाकाले दमकबाट रेल चढ्न पाउने बताएका छन् । 
संयुक्त निर्वाचन परिचालन संयोजन समितिले शनिवार झापाको दमक ६ स्थित नमुना मार्गमा आयोजना गरेको सभालाई सम्वोधन गर्दे अध्यक्ष ओलीले तपाई हामीले हेर्दा हेर्दै हाम्रा ज्येष्ठ नागरिकले दमकबाटै रेल चढ्न पाउने बताए ।
धेरै समय स्थानिय र राष्ट्रको बिकास गर्ने कुरामा समय खर्चिनु भएका झापा क्षेत्र नम्वर ५का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले डिल्ली बम्बई जान रेल चढेर जान सकिने बताए । पूर्व पश्चिम राजमार्गलाई ६ लेण्डको बाटो बनाउने लगायतका काम गर्ने मतदाता समक्ष प्रतिवद्धता ब्यक्त गरे । हिजो नेपाल एउटा देशको मुठीमा निर्भर रहेको थियो । म प्रधानमन्त्री हुदा चीन तिरको पनि बाटो खोली दिएको हुदा अव नेपालमा कहिले नाकाबन्दी हुर्दै नेता ओलीले बताए ।
 
नेता ओलीले आफनो निर्वाचन क्षेत्र झापाको क्षेत्र नम्वर ५को अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै स्थानिय क्षेत्रमा मतदाता शिक्षामा ध्यान दिन गठबन्धनका कार्यकर्तालाई निर्देशन दिए । एमाले , माओवादी र राप्रपाको गठबन्धनलाई मतदान गरेर कुनै पछुतो नहुने रआफूहरुले जीतेर गएपछि देश जनता स्थानिय क्षेत्रको बिकास गर्ने प्रतिबद्धता नेता ओली पुन ः दोहोराए ।
झापा क्षेत्र नम्वर ५को प्रदेश सभा सदस्य २ तर्फका उम्मेदवार अर्जन राई , राप्रपा तर्फबाट समानुपातिक उम्मेदवार राम थापा लगायतले मतदातासंग आफूलाई जिताएर पठाएर निर्वाचन क्षेत्रको बिकास गर्ने प्रतिवद्धता ब्यक्त गरे ।