कनकाई अनलाईन
नेपाली कांग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सबैलाई छहारी दिने नेपाली कांग्रेस पार्टीको तुलना राजा खोज्ने दलसित हुन नसक्ने वताएका छन् ।
नेपाली कांग्रेस चुनाव प्रचार प्रसार समितिद्वारा झापा निर्वाचन क्षेत्र नं.३ अन्तर्गत भदरको्र झापा चोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहांले सो कुरा वताएका हुन् । आसन्न निर्वाचन विगतको जस्तो परम्परागत नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउनका निम्ति भएकोले सचेत नेपाली जनतालाई परिवर्तनको बाटो हिड्ने र विभिन्न आन्दोन एवं संघर्षको नेतृत्व गर्ने नेपाली कांग्रेसका उम्मेदावरलाई मत हाल्न नेता सिटौलाले आग्रह समेत गरे । उनले नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने राणा, राजा र तत्कालीन राजा ज्ञानेन्द्र आफै समाप्त भएर गएको धारणा व्यक्त गर्दै सहिदको सपना र जनआन्दोन गरिमा बढाउन पनि नेपाली जनताले मत हाल्नु पर्ने कुरामा जोड दिए ।
सामाजिक सद्भाव,एकता र शान्तिकामी नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान जारी भएको स्पष्ट पार्दै नेता सिटौलाले लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको पूर्ण कार्यान्वयनका निम्ति लोकतान्त्रिक उम्मेदवार जित्नु पर्ने उल्लेख गरे । उनले झापा निर्वाचन क्षेत्र नं.३ का जनता विचारमा विचलित नभएर लोकतान्त्रिक पक्षधर पक्ष हुनु पर्ने विचार राख्दै राजालाई पुनः फर्काउन खोज्ने राजनीतिक दलका उम्मेवारलाई मतबाट जवाफ दिनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं.३ प्रदेश सभा‘क’का उम्मेदवार भूमि राजवंशी र नेपाली कांग्रेसका नेता भारतेन्दु कुमार मल्लिकले पनि बोलेका थिए ।भद्रपुर, १६ मंसीर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ का उम्मेद्वार विश्वप्रकाश शर्माले पार्टी गत घोषणा पत्रले देशमा सम्बृद्धिको सपना पूरा गर्न नसक्ने बताएका छन् । चुनावी अभियान अन्र्तगत भद्रपुर ९ र १० को आयोजनामा चन्द्रगढीको वीपी चौकमा आयोजित बृहद् सभालाइृ सम्बोधन गर्दै शर्माले सवै पार्टीको साझा संकल्प तयार गरी आम गठबन्धन नभएसम्म देश सम्बृद्ध बन्न नसक्ने बताएका हुन् ।
नेता शर्माले नेपालको राजनीतिमा आलोचना र विरोधको संस्कृति विगतदेखि जरो गाडेको अवस्थामा रहेकोले अब त्यस विकृतिलाई अन्त्य गरी राजनीतिमा सुधार गर्न जरुरी रहेको उल्लेख गरे । उनले देश सवैको हो भन्दै गठबन्धनका नाममा दाहोरो झडपको अवस्थामा संसदलाई लान खोजिए सम्बृद्धिको सपना चकनाचुर हुने जनाए । शर्माले विगतका नराम्रा छोड्ने र वर्तमानमा राम्रो गर्न सक्ने नेतृत्व देशले खोजेको जनाउँदै जलस्रोतको परिचालन नै देश धनी बन्ने आधार प्रस्तुत गरे । उनले विपक्षका राम्रा कुरा नस्वीकार्ने र निषेधको राजनीति गर्ने परम्पराले नेपाली राजनीति पराधिनको बाटोमा लागेकोले त्यसलाई सुधारेर स्वाधीन नेपाल निर्मार्ण गर्न युवा शक्ति आवश्यक परेको भन्दै शर्माले राम्रो राजनीति र छिटो सम्बृद्धि आजको आवश्यकता औंल्याए ।
उनले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालका खाका कसको पालामा कोरिएको हो ? सोच्न आग्रह गरे । शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि छोडिएको जस्तो स्वरुपको चन्द्रगढीको स्वरुप परिर्वन गर्न वौद्धिक वर्गसित खाका समेत माग गरेका छन् । उनले चन्द्रगढीबाट सुरु हुने सम्बृद्धिको यात्रा वाहुण्डाँगीमा पुग्दा झापा क्षत्रे नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा क्षेत्र नम्वर १ प्रदेश १ का उम्मेदवार केशवराज पाण्डेले चिन र भारत जोड्ने पहाडी मार्ग निर्माणले जनताको जीवन स्तर उठ्ने प्रष्ट पारे । उनले व्यापारको प्रर्वधन, कृषिको उन्नति र पर्यटनको विकास आफनो प्राथमिक प्रतिबद्धता राखेका थिए । यस्तै २ का प्रदेश सभा उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राखे । पोखरेलले १ नम्वर प्रदेशको प्रतिनिधित्व गर्ने अवसर जनताले प्रदान गरे निष्ठाको राजनीति मार्फत देश र जनताको सेवामा इमान्दार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।