Kanakai Online

काँकडभिट्टा गोल्डकपमा आर्मी विजयी

शुक्रवार, मंसिर १५, २०७४ |

लीलाराज झापाली
विर्तामोड , मंसिर १४ गते । आर्मीका गोलकिपर विकेश कुथुले मनाङका ३ खेलाडीको पेलान्टीप्रहार रोकेपछि चिरपरिचित प्रतिद्धन्द्धी टिम मनाङलाई ट्राईब्रेकरमा पराजित गर्दै काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रक्षा गरेको छ ।
आर्मीले यो जितसगै नगद ८ लाख रुपैँयासमेत हात पारेको छ । आज शुक्रवार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई भाग्यले समेत साथ दिएको थियो । खेल अवधिभर दुवैटिमको कुनैगोल हुन नसकेपछि खेलको निर्णय सोझै पेलान्टीसुट आउटबाट गरिएको थियो । मनाङका ३ खेलाडीहरु क्याटेन अनिल गुरुङ , कमल श्रेष्ठ र निराजन मल्लको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले वचाउनुभएको थियो ।
मनाङका २ खेलाडीहरु विमल वस्नेत र हेमन गुरुङको प्रहार मात्रै गोलमा परिणत भएको थियो । आर्मीका खेलाडीहरु सन्तोस तामाङ्ग , नवयुग श्रेष्ठ र विवेक वस्नेतको प्रहार गोलमा परिणत हुदा आर्मीका २ खेलाडीहरु जितेन्द्र कार्कीको प्रहार पोलवाहिर जादा पदम तामाङको प्रहार मनाङका गोलकिपर दिनेश थापामगरले रोक्नुभएको थियो । ट्राईब्रेकरमा आर्मी ३—२ गोल अन्तरले विजयी भएको हो । उपविजयी भएको मनाङले नगद ४ लाख रुपैँया पाएको छ । आर्मीको यो जितसगै लगातार ३ गोल्डकपमा विजयी हुदै आर्मीले ह्रयाट्रिक गर्न सफ लबनेको छ , आर्मीले विरगंज तथा गतहप्तामात्रै झापाकै सताक्षी गोल्डकपको ५ लाखराशीको सताक्षी गोल्डकपमा विजयी भएको थियो । सताक्षी गोल्डकपमा समेत मनाङ र आर्मी फाईनलमा आमनेसामने भएका थिए , मनाङ यस काँकडभिट्टा गोल्डकपमा आर्मीलाई हराएर सताक्षी गोल्डकपको हारको वदला लिने तयारीका साथ मैदान उत्रिएको थियो तर यो पराजयसगै मनाङले वदलालिनबाट चुकेको छ ।
खेलअवधिभर मनाङमाथि आर्मी थोरै हावी भएको थियो । फाइनल खेलमा आर्मी र मनाङको खेल पोजिसन ६०÷४० रहेको थियो । खेलको २१ औ मिनेटमा आर्मीका जर्जपिन्स कार्कीकोपासमा नवयुगको प्रहार थोरै पोस्टमाथिबाट वाहिरिएको थियो । ३३ औ मिनेटमा मनाङका विराज मर्हजनको पासलाई डोना लामाले सहि अनुमान लगाउन नसक्दा मनाङ गोल गर्नबाट चुकेको थियो । ३० औ मिनेटमा आर्मीका भरत खबासको पासमा सन्तोस तामाङ्गको हेड मनाङका गोलकिपर दिनेशथापा मगरले मुस्किलले वचाउनुभएको थियो ।
खेलको ५१ औ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गरेको आकर्षक साइकल किक वाहिरिएको थियो । ६४ औ मिनेटमा आर्मीका विवेक वस्नेतको कर्नरमा भरत खबासको हेड वाहिरिएको थियो । ६६ मिनेटमा आर्मीका दिनेश हेम्जनको प्रहार थोरैमाथिबाट वाहिरिएको थियो । एकपछि अर्को आक्रमण गरेपनि आर्मीका अग्रपङ्तीका खेलाडीहरुले गोल गर्न भने सकेनन । खेलमा मनाङका खेलाडीहरुले समेत केहि अवशरहरु श्रृजना गरेर आर्मीका गोलकिपर विकेश कुथुलाई व्यास्त बनाएका थिए । खेलको ८८ औ मिनेटमा मनाङका अनिल गुरुङ एक्लैहुदापनि लड्नाको कारण गोल गर्न सक्नुभएन खाली भएको वलमा त्यहाँ मनाङका कोहिपनि खेलाडी नहुदा वल आर्मीका खेलाडीले नियन्त्रणमा लिनपुगे ।
फाईनल खेलको म्यान अफ द म्याच आर्मीका विकास खबास हुनुभयो उहाँले नगद १० हजार पाउनुभयो । यसैगरी प्रतियोगिताभरकै नवप्रतिभावान खेलाडी आयोजक काँकडभिट्टा टेनिङ सेन्टरका मिलन राई हुनुभयो उहाँले पनि नगद १० हजार पाउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु , उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने , उत्कृष्ट डिफेन्स काँकडभिट्टाका दिपेन राई , उत्कृष्ट मिड फिल्ड मनाङका विशाल राई वी , उत्कृष्ट स्टाइगर आर्मीका भरत खवासहुनुभयो उहाँहरुले नगद २० हजार पाउनुभयो । सर्वोकृष्ट गोलकर्ता २ गोल गर्नुभएका आर्मीका दिनेश हेम्जन हुनुभयो उहाँले नगद २५ हजार पाउनुभयो । गोल्डकपै सर्वोकृष्ट खेलाडी मनाङका गोलकिपर दिनेश थापामगर हुनुभयो उहाँले नगद ५१ ह्जार पाउनुभयो । उहाँहरु सवैलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लागायतका अतिथिले नगद तथा पुरस्कार दिनुभयो ।
 
काँकडभिट्टा गोल्डकपमा आर्मी विजयी
लीलाराज झापाली
विर्तामोड , मंसिर १४ गते । आर्मीका गोलकिपर विकेश कुथुले मनाङका ३ खेलाडीको पेलान्टीप्रहार रोकेपछि चिरपरिचित प्रतिद्धन्द्धी टिम मनाङलाई ट्राईब्रेकरमा पराजित गर्दै काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रक्षा गरेको छ ।
आर्मीले यो जितसगै नगद ८ लाख रुपैँयासमेत हात पारेको छ । आज शुक्रवार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीलाई भाग्यले समेत साथ दिएको थियो । खेल अवधिभर दुवैटिमको कुनैगोल हुन नसकेपछि खेलको निर्णय सोझै पेलान्टीसुट आउटबाट गरिएको थियो । मनाङका ३ खेलाडीहरु क्याटेन अनिल गुरुङ , कमल श्रेष्ठ र निराजन मल्लको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले वचाउनुभएको थियो । मनाङका २ खेलाडीहरु विमल वस्नेत र हेमन गुरुङको प्रहार मात्रै गोलमा परिणत भएको थियो । आर्मीका खेलाडीहरु सन्तोस तामाङ्ग , नवयुग श्रेष्ठ र विवेक वस्नेतको प्रहार गोलमा परिणत हुदा आर्मीका २ खेलाडीहरु जितेन्द्र कार्कीको प्रहार पोलवाहिर जादा पदम तामाङको प्रहार मनाङका गोलकिपर दिनेश थापामगरले रोक्नुभएको थियो । ट्राईब्रेकरमा आर्मी ३—२ गोल अन्तरले विजयी भएको हो । उपविजयी भएको मनाङले नगद ४ लाख रुपैँया पाएको छ । आर्मीको यो जितसगै लगातार ३ गोल्डकपमा विजयी हुदै आर्मीले ह्रयाट्रिक गर्न सफ लबनेको छ , आर्मीले विरगंज तथा गतहप्तामात्रै झापाकै सताक्षी गोल्डकपको ५ लाखराशीको सताक्षी गोल्डकपमा विजयी भएको थियो । सताक्षी गोल्डकपमा समेत मनाङ र आर्मी फाईनलमा आमनेसामने भएका थिए , मनाङ यस काँकडभिट्टा गोल्डकपमा आर्मीलाई हराएर सताक्षी गोल्डकपको हारको वदला लिने तयारीका साथ मैदान उत्रिएको थियो तर यो पराजयसगै मनाङले वदलालिनबाट चुकेको छ ।

सम्बन्धित खबर