लीलाराज झापाली
सुरुङ्गा , मंसिर १३ गते ।झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा वजारमा भएको मतदानमा रुख चिन्ह नभएको २०० वढी मतपत्र भेटिएको छ ।
बुधवार दिउसो भएको मतदानमा यस्तोखाले मतपत्र भेटिएको हो । तर यो वास्तविक निर्वाचनमा नभएर निर्वाचनमा हुने वदर मत घटाउन तथा निर्वाचन सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले बुधवार झापाको कनकाई नगरपालिका सुरुङ्गामा नमुना मतदान गरिएकोमा सो नमुना मतदानमा कुनैपनि दलको चुनाव चिन्ह नभएको नमुना मतपत्र वितरण गरिदा सो नमुना मतदानमा सुर्य , रुख , हसिया हटौडा , गाई , तराजु , हलो , हसिया तारा लगायातका पार्टीकाा निर्वाचन चिन्हको साटो फर्सी , वाइफाईको सिङ्गल लगायातका चुनाव चिन्ह वितरण गरिएको थियो ।
सुरुङ्गा जेसिजको आयोजनामा सुरु गरिएको जेसिज सप्ताहको कार्यक्रमको उद्घाटनमा नमुना मतदान गरिएको हो । निर्वाचन कार्यालयको समन्वयमा भएको निर्वाचन कार्यक्रममा २०० वढी मत खसेको र मतपेटिका खोलेर केहि मत वदर समेत भएकोले मतदातामा कसरी मतदान गर्ने भन्ने शिक्षा समेत प्रदान गरिएको कार्यक्रम संयोजक सुरुङ्गा जेसिजका कोषाध्यक्ष अर्जुन बोहोराले बताए ।
देशैभर निर्वाचन आयोगको आयोजना तथा विभिन्न संघ संस्थाको समन्वयमा यस प्रकारका निर्वाचन शिक्षा सबन्धि नमुना मतदानको कार्यक्रम राखिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले बताउँनुभयो । नमुना मतदान कार्यक्रममा जिल्ला निर्वाचन प्रमुख गोपाल आचार्य , निर्वाचन आयोगका शाखा अधिकृत अच्चुत अर्याल ,कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , जामुनवारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला , कनकाई सामुदायिक वन समुहका अध्यक्ष खेमप्रसाद ओली ,लगायातको आथित्यता रहेको कार्यक्रमको सभापतित्व सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिम्सिनाले गर्नुभएको थियो ।
सुरुङ्गा जेसिजले यस साता वार्षिक क्यालेन्डरका रुपमा मनाउदै आएको जेसिज सप्ताह यसवर्षपनि विविध कार्यक्रमको साथ मनाउदै आएको छ ।
Trending
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा
- केराखेतीलाई ढुवानीको साधन
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी