Kanakai Online

कांग्रेससग ओलीको कटाक्ष अरुको नाममा आफै पटका पट्काउदै ,कांग्रेस


बिहिवार, मंसिर १४, २०७४ |

लीलाराज झापाली
विर्तामोड मंसिर १४ गते । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली कांग्रेसले आफुनै संविधानको जनक भन्नथालेको भन्दै कांग्रेसलाई जवरजस्ती समातेर घिसारेर एमालेले संविधानमा सहि गर्न लगाएको वताउँनुभएको छ ।
झापाको संयुक्त वाम तथा राष्ट्रवादीहरुको झापा क्षेत्रनम्बर २ को विर्तामोडमा आयोजित चुनावीसभालाई सम्वोधन गदै नेता ओलीले उक्त कुरा वताउँनुभएको हो । आधाघण्टा सम्म चुनावी सभामा वोल्नुभएको नेता ओलीले आधाभन्दा वढी समय नेपालीकांग्रेस पार्टी र वर्तमान सरकारका प्रधानमन्त्री शेरवहादुर देउवाको आलोचनामा समय खर्चनुभएको थियो । नेता ओलीले भन्नुभयो अहिले हुनत कांग्रेस आफुले संविधान जारी गरेको भन्नेगरेको छ तर हामीले समातेर घिसारेर जवरजस्ती संविधानमा सहि गर्न लगाएको हो , मानिरहेको थिएन तर लतारेर घिसारेर हामीले जवरजस्ती सहिछाप गर्न लगाएको हो भन्दै त्यसघटनामा सामेल हुनुहुने कृष्णप्रसाद सिटौला पनि साक्षी रहनुभएको उहाँले वताउँनुभयो ।
उहाँले आफुहरुले संविधान जारी गरेकाले यसका उपलव्धीको रक्षापनि वाम गठबन्धनले गर्ने वताउँनुभयो । नेता ओलीले २००७ सालमा आन्दोलन सफल वनेपनि  त्यसवेला कम्युनिष्ट्रहरुको ४ सिट मात्रै आएको कारण २०१७ सालमा अधिकारहरु खोसिएको भन्दै त्यसपछि २०४८ सालपछिपनि देशमा अनेकन उतावचडापहरु आएको भन्दै कांग्रेसपार्टीले वहुमत ल्याउदा उसलाई सक्ता वादरको हातमा नरिव लबनेको भन्दै कटाक्ष गर्नुभयो । यसअघिका विभिन्न समय राजनैतिक लडाइमा समय विताएको भन्दै अव त्यसप्रकारको राजनैतिक अध्यायको लडाइको अन्त्य भएको ओलीले वताउनुभयो ।
हालपनि चुनाव नहुन दिन धेरै कोशिस भएको भन्दै अहिलेपनि देशका विभिन्न स्थानमा वम पड्काउने काम जारी रहेको भन्दै घुमाउरो पारामा विप्लप माओवादीको नाममा कांगेस आफै यस घटनामा सामेल हुने र उक्साएको आरोप लगाउनुभयो । अहिलेपनि पटका पड्काउने काम भइरहेको छ , ती पटका पड्काउने असली होइनन एउटाको नाममा अर्कोले पड्काउछ , सिखण्डी अगाडि राखेर अर्कोले वाण हान्छ , भन्दै चुनाव र नेपालको अग्रगामी अभियान केहि कुराले पनि नरोकिने वताउँनुभयो । उहाँले कम्युनिष्ट आन्दोलन देशको प्रमुख शक्तिका रुपमा आएको भन्दै आफुहरुसग देशलाई अगाडि वढाउने विचार निति र  कार्यकर्ता पङत्ती जनताको विश्वास समेत रहेकाले दुनियाका कुनैपनि शक्तिसग नझुक्ने वताउँनुयो ।
उहाँले वामपन्थी नेतृत्वमा अव देशले निकास पाउने भन्दै देशमा वामशक्ति अगाडि आएभने लोकतन्त्र ध्वस्तहुने भन्दै भ्रम फैलाउने काम प्रधानमत्री स्वयामवाट हुदै आएको भन्दै देउवासरकार यो मुलुककै अन्तिम कांग्रेस नेतृत्वको सरकार भएको वताउँनुभयो । नेता ओलीले भन्नुभयो , मैले आजसम्म ढाटन जानेको छैन र आजपनि भनिदिए शेरवहादुर देउवाजी यो देशको अन्तिम कांग्रेसको् प्रधानमन्त्री हुन यसोभन्दा कांग्रेसका नेता कार्यकतालाई नमिठो लाग्दो हो तर सत्यकुरा यहि हो । कांग्रेससग देश विकास गर्ने केहिपनि एजेण्डा नभएको भन्दै कांग्रेस पहिले विपिको समाजवाद भन्ने गरेकोमा अहिले एमाले र माओवादी मिलेर देशमा समाजवाद ल्याउनखोजे भन्दै भ्रम फैलाइरहेको भन्दै अव कांग्रेससग कुनै ठोस एजेण्डानभएको दावी गर्नुभयो । कार्यक्रमा एमालेका सचिव योगेस भट्टराई , झापा क्षेत्रनम्बर २ की प्रतिनिधिसभा उम्मेद्धार पवित्रा खरेल , प्रदेशसभा सदस्यद्धय एकराज कार्की , वृख प्रधान लगायातले मन्तव्य राख्नुभएको थियो । यसैगरी झापा क्षेत्रनम्बर ३ को बाम तथा राष्ट्रवादीको चुनावी सभालाई सभालाई भद्रपुरमा सम्वोधन गदै नेता ओलीले  राप्रपालाई राष्ट्रिय पार्टी बनाउन बाम गठबन्धनले राजेन्द्र लिङ्देनलाई उम्मेद्वारमा  समर्थन गरेको बताउनुभएको छ । सो क्षेत्रको प्रतिनिधिसभाको उम्मेद्धारमा बाम गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ ।
चुनावी सभा अन्र्तगत बाम राष्ट्रवादी निर्वाचन परिचालन समिति झापा क्षेत्र नम्बर ३ ले भद्रपुरमा आयोजना गरेको बृहद् सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा बाम गठबन्धन नजिक रहेको राप्रपा विरुद्ध देशी विदेशी षड्यन्त्र भएकोले त्यसलाई चिरेर बचाउन समर्थन गरेको बताउनुभएको हो ।   पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपालको सम्बृद्धिका लागि बाम गठबन्धन एक मात्र विकल्पका रुपमा आएको भन्दै एमालेले जे बोल्छ त्यो गर्छ गर्छ भनेर ठोकुवा गर्नुभयो  । उहाँले  फुटबल खेलमा जस्तो म्याच फिक्सिङ राजनीतिमा नहुने भन्दै आफ्नो पार्टीले समर्थन गरेको राप्रपाको गाई चिन्हमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो  । बोलीले राम्रो हुँदैमा वा अनुहारले सालिन देखिदैमा कसैले कोही प्रति सहानुभूति राखेर पार्टीको नीति विपरित जानु नहुने तर्क गर्दै ओलीले जातीय संकुचनमा लाग्दा देश  संकटमा पर्ने बताउनुभयो  । उहाँले  सम्बृद्धिको बाटो नदेख्ने काँग्रेस बाम गठबन्धनबाट लोकतन्त्र समाप्त हुने भ्रम छरेर डुलीरहेको आरोप लगाउनुभयो  ।
कार्यक्रममा बाम गठबनधनका झापा क्षेत्र नम्वर १ का उम्मेद्वार तथा पुर्वसुचनातथा संचारमन्त्री  सुरेन्द्रकुमार कार्कीले स्वाभिमान सहितको सम्बृद्धिका लागि बाम गठबनधन आजको आवश्यकता रहेको बताउँनुभयो  कार्यक्रममा बाम राष्ट्रवादी गठबन्धन का राजेन्द्र लिङ्देनले इमान र निष्ठाको राजनीतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो  ।
फोटो ः विर्तामोडमा चुनावी सभामा सहभागि हुदै नेता केपिशर्मा ओली लगायात