Kanakai Online

काँकडभिट्टा गोल्डकपको फाइनलमा आर्मी र मनाङ भिड्दै


बुधवार, मंसिर १३, २०७४ |

लीलाराज झापाली 
काँकडभिट्टा , मंसिर १३ गते । झापाको काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा पुन चिरपरिचित प्रतिद्धन्द्धी मनाङ र त्रिभुवन आर्मी क्लवविच आमने सामने हुने भएका छन । यो जित सगै मनाङले आर्मीसग गतहप्तामात्रै सताक्षी गोल्डकपको फाइनलमा भोगेको पराजयको बदलालिने मौका मिलेको छ ।
बुधवार भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक काँकडभिट्टा फुटवल टेनिङ सेन्टरलाई रोमान्चक खेलमा सड्न डेटमा हराउदै मनाङले शुक्रवारको फाईनल खेलमा आर्मीसग भेट पक्का गरेको हो ।
बुधवारको खेल समयअवधिभर कुनै गोल हुननसकेपछि खेला सोझै ट्राईब्रेकरमा गएको थियो तर दुवै टिमको ५÷५ खेलाडीको प्रहार ४÷४ गोल भएपछि त्यसपछिको निर्णय सडन डेटमा गरिएको थियो । सडन डेटको अनितम प्रहार आयोजकका विदेशी खेलाडी फोलोरेन्सको प्रहार पोस्टमा लागेर वाहिरिएपछि मनाङ विजयी भएको हो ।
मनाङका कमल श्रेष्ठ , अनन्त तामाङ्ग ,विराज मर्हजन , हेमन गुरुङ्ग , विशाल राई , विमल घर्तीमगर , र अनिल गुरुङ्गको प्रहार गोलमा परिणत हुदा विक्रम लामाको प्रहार आयोजकका गोलकिपर एलन न्यौपानेले वचाउनुभएको थियो ।
यता आयोजकको विष्णु सेलुवाल , भुषण लिम्बु , निराजन खड्का , हेमन्त थापामगर , प्रकाश बुडाथोकी , सरोज दाहाल र सुरज विकको प्रहार गोलमा परिणत हुदा आयोजकका खेलाडी फरेन्स र निशान लिम्बुको प्रहार गोलमा परिणत हुन सकेन ।
प्रतियोगिता निक्कै आक्रमक रह्यो , खेलअवधिभर मनाङ र आयोजकका १÷१ जना खेलाडीले दोहोरो कार्ड खादै रेडकार्ड पाएका थिए । खेलको ५७ औ मिनेटमा आयोजक काँकडभिट्टा फुटवल टेनिङ सेन्टरका टिम कप्टान खमिर गिल्सन कन्दङ्वाले खेलरेफ्रीसग विवाद गर्दा रेडकार्ड पाएर मैदान वाहिरिनुपरेको थियो । त्यसको ११ मिनेटपछिनै मनाङका स्ट्राइगर सुजल श्रेष्ठले आयोजकका निशान लिम्बुलाई फाउल गरेपछि दोहोहो पहेलो कार्ड खादै रेडकार्ड पाएर मैदान वाहिरिएपछि दुवैटिम १०÷१० खेलाडीमा सिमित हुनुपरेको थियो ।
आजको खेलमा दुवैटिम आक्रमक देखिएका थिए । दुवै टिमका आधा दर्जनजति प्रहार गोलमा परिणत हुन नसक्दा खेलको निर्णयका लागि ट्राईब्रेकरमा जानुपरेको थियो । खेलको १३ मिनेटमा मनाङका विमल घर्तीमगरले ३ खेलाडीलाई छलाएर दिएको पासमा सुजल श्रेष्ठको प्रहार थोरैमाथिबाट बाहिरिएको थियो । खेलको २१ मिनेटमा आयोजकका प्रकाश वुडाथोकीले मनाङका ३ खेलाडीलाई छलेर गरेको प्रहार पोलमा लागेर वाहिरिएको थियो । खेलको ४० औ मिनेटमा आयोजकका क्याप्टेन खमिर गिल्सन कन्दङवाले गरेको प्रहार गोलपोस्टबाट थोरैमाथिबाट वाहिरिएको थियो ।
खेलको ४२ औ मिनेटमा आयोजकका निराजन खड्काको प्रहार मनाङका गोलकिपर दिनेशथापा मगरले पोलवाहिर पन्चगरिदिनुभएको थियो । ४५ औ मिनेटमा मनाङका विमल रानाको क्रसपासमा सुजल श्रेष्ठको प्रहार थोरै पोस्टमाथिबाट वाहिरिएको थियो । ५२ औ मिनेटमा मनाङका विमलघर्तीमगरको प्रहार आयोजकका एलन न्यौपानेले वचाउनुभएको थियो । खेलको म्यान अफ द म्याच मनाङका हेमन गुरुङ्ग हुनुभयो उहाँले नगद १० हजार रुपैँया पाउनुभयो ।
मैदानमा जारी प्रतियोगिताको विजयी तथा उपविजयी हुने टिमले नगद ८ लाख र ४ लाख पाउनेछन । गोल्डकपको आयोजना काँकडभिट्टा फुटवल टेनिङ्ग सेन्टरले गरेको हो ।

सम्बन्धित खबर