लीलाराज झापाली ।
विर्तामोड , मंसिर ११ गते । झापाको काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा आयोजक काँकडभिट्टा टे«निङ सेन्टरले काठमाण्डौको हिमालयन सेर्पा क्लवलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ ।
सोमवार भएको खेलमा सेर्पालाई १—० को झिनो गोल अन्तरले हराउदै आयोजक सयौँ दर्शकलाई खुसी पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आजको खेलमा आयोजकका खेलाडी निराजन खड्का नायक हुनुभयो । खड्काले खेलमा गरेको एकमात्र गोलनै आयोजकलाई जित्नका लागि निर्णायाक बन्न पुग्यो । निराजनले खेलको २२ औँ मिनेटमा एकमात्र निर्णायक गोल गर्नुभयो । खड्काले पाएको फ्रि किकको सदुपयोग गर्दै गोल गर्नुभयो । हिमालयनका खेलाडीले आयोजकका विदेशी खेलाडी एरोनलाई लडाएपछि पाएको फाउलको सदुपयोग गर्दै आयोजकका निराजनले करिव २५ यार्डवाट हानेको प्रहारले हिमालयनको सोझै जाली चुमेको थियो । यसपछि दुवै टिमले गरेका प्रयासहरु गोलमा परिणत नहुदा खेल १—० गोल अन्तरमा सकिएको हो ।
यो खेलसगै काँकडभिट्टा गेल्डकपको सेमिकरणको समिकरण पुरा भएको छ । यस अघि नै नेपाल पुलिस र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन । उनीहरु मंगलवार फाइनलका लागि प्रतिस्पर्धागर्दै छन ।
आयोजकले बुधवार अर्को सेमिफाईनलको खेल मनाङसग खेल्दै छ । खेलको ७ औ मिनेटमा आयोजकका कप्तान खमिरगिल्सन कन्द्ङ्वाले गरेको प्रहार गोलपोष्टथोरैमाथिवाट वाहिरिएको थियो ।
२१ औ मिनेटमा आयोजककै विदेशी खेलाडी आरोनको प्रहार समेत सेर्पाका गोलकिपर अर्पन कार्कीले मुस्किलले वचाउनुभयो ।
खेलको ३३ औ मिनेटमा सेर्पाका खेलाडी त्रिदेव गुरुङको क्रसपासमा विनोद गुरुङले गरेको प्रहारलाई आयोजकका गोलकिपर एलन न्यौपानेले पन्च गरेर वाहिर फालिदिनुभएको थियो । १—० ले पछि परेपछि सेर्पाका खेलाडीले केहि सुधारिएको प्रदर्शन गरेपनि स्कोर गर्न नसक्दा सेर्पा सेमिफाइनलको दौडबाट पाखा लागेको छ । खेलको म्यान अफ द म्याच आयोजकका गोलकर्ता निराजन खडका हुनुभयो उहाँले नगद १० हजार पाउनुभयो ।