कनकाई अनलाईन ।
सुरुङ्गा मंसिर ९ गते । नेपाली कांग्रेस झापाका उम्मेद्धार उद्धव थापा र पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा गएराती र आज विहान वम विष्पोट भएको छ ।


उद्धव थापाको झापा अर्जुनधाराको घरमा गएराती करिव १२ः३० वजेतीर शक्तिशाली पाइपबम विष्पोट भएको छ । वम विष्पोटमा परि थापाको घर अगाडि पार्किङ गरि राखिएको बा ७ च ६८९५ नम्बरको वुलेरो जिपको अगाडिको इन्जिनको भाग पुर्णतय नष्ट्र भएको छ । भने गाडी राखिएको क्षेत्रमा समेत क्षति पुगेको छ । वम विष्पोट भएको केहि वेरमै प्रहरी थापाको घरमा पुगेपनि कसैलाई नियन्त्रणमा लिन सकेको छैन । विष्पोट नेकपा माओवादी विप्लप समुहले गराएको हुनसक्ने अनुमान प्रहरी र थापा परिवारको रहेको छ । यसैगरी आज विहान पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपीशर्मा ओलीको घरछेउमा समेत वम विस्पोट गराइएको छ ।
विहान करिव ४ बजे भएको विष्पोटमा कुनै भौतिक तथा मानवीय क्षति नभएपनि गाउँमा ठुलो त्रास उत्पन्न भएको थियो । यसैगरि ओलीकै घरको गेटमा राखिएको अर्को वम समेत नेपाली सेनाको वम निष्क्रिय पार्ने टोलीले विहान ७ ः ३० वजे निष्क्रिय बनाएको थियो । ओलीको घरमा हाल उनका नातेदार समेत रहनुभएका दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली वस्दै आउनुभएको थियो । दुवै घटनाको जिम्मा हालसम्मपनि कुनै समुहले लिएको छैन । तर निर्वाचनको वहिस्कार गर्दै आएको माओवादी विप्लप समुहले यो घटना गराएको हुनसक्ने आंशका गरिएको छ ।


