Kanakai Online

जनताले लोकतन्त्रको संस्थागत गर्न र यस क्षेत्रको विकासलाई निरन्तरता दिनपनि मलाई भोट हाल्छन । देउमान थेवे झापा क्षेत्रनम्बर ४ का नेपाली कांग्रेसका उम्मेद्धार

शुक्रवार, मंसिर ८, २०७४ |

देउमान थेवे झापामा रहेका थोरै नेताहरुमा पर्नुहुन्छ , जसको सोझो पहुच निति निर्माण सम्म पुग्छ । थोरै वोल्ने तर हाक्की स्वाभावका थेवे झापा सुरुङ्गा निवासी समेत हुनुन्हुन्छ । आगामी मंसिर २१ गते हुनलागेको थेवेलाई लगातार झापामा जित्दै आएको कांग्रेसको गढ जोगाइराख्न चुनौती रहेको छ भने झापाका कांग्रेसका हस्तीहरु केशवकुमार वुडाथोकी , सुधिरकुमार शिवाकोटी , लगायातलाई टिकट नदिएर थेवेले टिकट पाएपछि उनलाई यो चुनाव जित्नैपर्ने दवाव पनि थपिएको छ । कांग्रेसले लगातार २ निर्वाचन जितेर गढ बनाएको यस क्षेत्रबाट उठेको थेवेसग कनकाई अनलाईनका लागि सम्पादक लीलाराज झापालीले कुराकानी गर्नुभएको छ ।
१)चुनाव प्रचारप्रसार कहाँ गदै हुनुहुन्छ र कहाँ पुगेको छ ?
हाम्रो प्रचार प्रसारकोकाम अत्यात्त तीव्र गतीमा छ , हामीले एक वार्ड एकदिनको कामको क्यालेन्डरको कार्यक्रम अन्र्तगत अहिले वार्डहरु घुमिरहेका छौ ।
२) तपाईलाई थाहा नै छ झापामा बाम गठवन्दन त्यसपछि राप्रपा पनि थपिएको छ ? तपाईलाई यसवारेमा भन्नु के छ ?
यो चाहि स्यालको हुईयाजस्तो भो गठवन्दन , गठवन्धनको पक्षमा भलाई लाग्छ कोहिपनि गठवन्दनको पक्षमा छैनन ।
देउमान थेवे हाल प्रतिनिधिसभा सदस्यका लागि झापा ४ का लागि नेपाली कांग्रेस पार्टीको उम्मेद्धार रहनुभएको छ । झापाका हस्तीहरुले समेत टिकट नपाइरहेका वेला उहाँले टिकट पाउनुभएको छ । झापा सुरुङ्गा निवासी थेवे स्पष्ट्र वक्क्ता र विकासप्रेमी नेताको छवि बनाउँनुभएको छ । आगामी मंसिर २१ गतेको निर्वाचन आउन केहिदिन वाकी रहदा हामीले उम्मेद्धार देउमानसग उहाँकै घरमा गएर चुनावका विषयमा रहेर कुराकानी गरेका थियौँ । उनीसग गरिएको कुराकानी जस्ताको तेस्तै प्रस्तुत गरेका छौँ । सम्पादक
३) निर्वाचन जितिसकेपछि एक वर्षभित्रमा तपाईले गर्ने मुख्य कामहरु केके हुन ?
निर्वाचनजितेपछिका कामहरुका वारेमा भन्दा हिजो गरेका कामहरु जनताले हेर्नुपर्दछ । मैले जितिसकेपछि गर्ने भन्दापनि मैले जुन निरन्तर जनताको माझमा वसेर २०४८ सालदेखि विकास निर्माणकै काममा म जनता सगसगै धुलो माटोमा सगै छु ।
मैले चाहे सडक होस चाहे नदि नियन्त्रणहोस , चाहे खानेपानीहोस चाहे मोटरवाटो चाहे विद्युत होस , चाहे शिक्षा होस चाहे स्वास्थ होस , जुनसुक्कै विकास निर्माणको सन्र्दभमा मैले सिङ्गो आफु वसेको गाउँ र आफ्नो क्षेत्र र समग्र जिल्लामा विकास निर्माण गर्ने मैले अवशरपनि पाए ।
र एउटा विकास पनि गरेको छु । र भोली आउने दिनमा पनि तीनै हिजोका विकास निर्माणका हरेक ठाउँहरुलाई निरन्तरता दिएर विकास निर्माण गर्ने मेरो पहिलो प्राथमिकता हो । झापामा पहिलो यातायात सडकको विकास निर्माणको आवश्यकता छ , सडकको कुरा गर्नुपर्दा मैले जितिसकेको प्राथमिकता भन्दापनि मैले १ वर्षपहिलेनै हामीले सडकहरुलाई नयाँ ढङ्गले अगाडि वढाउनुपर्छ भनेर अगाडि वढेका छौ । र जुन सुरुङ्गा झापा अमरपथ सडक खण्ड छ , यस अमरपथ सडकलाई अव सुरुङ्गा झापा अमरपथ सडकमा मात्रै सिमित राखिनु हुन्न । यो सडकलाई हामीले झापा सुरुङ्गा , दानावारी इलाम सडक जोडेर यसलाई कन्चनजंघा सडकको नामाकरण गरेर अगाडि वढाउनुपर्दछ । यस सडक दानावारी , इलाम जोडनसक्यौँभने यस क्षेत्रमा सवैभन्दा पहिलो भविष्य कनकाईको छ , दोस्रो भविष्य झापा गाउँपालिकावाशीको रहनेछ । त्ससकारण यो सडक निर्माण गर्नका लागि मैले चार वर्षअगाडिनै एउटा समिति निर्माण गरेर हामी अगाडि वढेका छौ । हामीले राष्ट्रिय योजना आयोगमा समावेश गरेका छौ ।
त्यहावाट हरेक वर्ष पैसाहरु छुट्टिरहेको अवस्था छ । हामीले यस आर्थिक वर्षको पैसा सुरुङ्गावाट धनुषकोटी जाने सडकमा लगायौँ , र हामीले ३ आर्थिक वर्षको पैसा दानावारीवाट अगाडि चेप्टीसम्म हामीले त्यो सडक निर्माण गरेर ल्याइसकेको अवस्था छ । र यो चुरेलाई हामीले ट्रायक्क खोल्नुर्ने अवस्था छ , जसकारण नेपाल सरकारको नम्स अनुसार हामीले अनुमति लिनुपर्ने भएको हुनाले केहि ढिलाई भएको छ । त्यसकारण मैले वषौदेखिको मेहनत गरेको झापा , सुरुङ्गा , दानावारी , इलाम सडकलाई कन्चनजंघा सडक नामाकरण गरि निर्माण सम्पन्न गर्ने मेरो पहिलो काम हुनेछ ।
र सगसगै अर्को सताक्षीधाम सवै पर्यटकहरु जाने आउने ठाउँ , सताक्षीधामवाट झिलझिले र हल्लारचोक , जनता , जनताहुदै माहाभारा , महाभारावट होकलवारी वोर्डर यो जोडने सडकपनि हामीले प्रस्तावित गरेका छौँ । र मैले नै जिल्ला विकासमा हुदा , सडक डिभिजन कार्यालय मार्फत यसलाई प्रस्तावित गरेर यसको डिपिआरपनि भइसकेको छ । उत्तरवाट डिपिआर गरेर यसको जनतासम्म भइसकेको छ । जनतावाट महाभारा होकलावारी सम्म यसको डिपिआर गर्न वाकी छ । यी दुइटा वोर्डर जोडने सडकहरुको हामीले अनिवार्य रुपमा बनाउन जरुरी छ । त्यसतीर म लाग्ने छु । र अर्को सडक यो सुरुङ्गा कोटीहवनबाट भर्खरै नेपाल सरकारवाट हामीले आदरणीय दाजु केशवकुमार वुडाथोकीको एकक्षेत्र एक सडकमार्फत हामीले हुलाकी सडकवाट हामीले उत्तर वाटो हामीले निर्माण गर्दै ल्याएको थियौँ , त्यसको वजेट ५ करोड रुपैँया एक सडक एक क्षेत्रको वजेट ५ करोड रुपैँया पर्दछ । त्यसवेला मैले यस झापा क्षेत्रनम्बर ४ का तात्कालिन उम्मेद्धार प्रेम गिरीज्युलाई मैले त्यसवेलापनि भने हामी दक्षिणवाट थाल्छौ तपाईहरु उत्तरतीरवाट थाल्नुहोस ।
एक क्षेत्र एक सडक २ या ३ वर्षमा पुरा हुन सक्छ । उहाँले हुन्छ भनेर आश देखाउनु भो तर उहाँहरुले त्यो सडकलाई पर चारआलीको जंगलमा लगेर त्यो वजेट लगाउनु भो । त्यसले गर्दा झापातीरवाट हामी गरेर आउदै थियौँ , हामीले भन्यौ अव यसलेमात्रै पुग्दैन , हामीले सडक वोर्डमार्फत हामीले सम्बन्धित मन्त्रालयमा हामीले पटकपटक कुराहरु राख्यौँ , र ५ नम्बर क्षेत्रको सिमानासम्म जोडनका लागि सम्बन्धित निकायवाट सर्वे पठाइदिएको थियो ।
सर्वे आइसकेपछि मलाई झापा गाउँपालिकाको अध्यक्षज्युले भन्नुभयो , सर्वे आयो तर पहिलेको झापा ५ नम्बर क्षेत्रभित्रमात्रै सर्वे गर्ने रे मैले भने त्यो हुन सक्दैन , यो अव एउटै क्षेत्र भएको छ । हामीले राजमार्गसम्म सर्वे गराउनुपर्दछ , तर उहाँले भन्नुभयो कर्मचारीहरुलाई माथिको परिपत्रअनुसार साविक ५ नम्बर क्षेत्रसम्म मात्रै गर्ने भन्ने छ , तर हामीले पुन सडक डिभिजनहुदै मन्त्रालयसमक्ष हामीले डेलिकेशन गयौ र त्यस लक्ष्मीमार्ग सडकलाई लक्ष्मी पाण्डेको सालिकबाट थोरै पश्चिमबाट कोहिहवन जोडने डिपिआर तयार भइसकेको छ , अव केहिदिनमै त्यस सडकको टेण्डर लागेर सडक निर्माण सुरु हुन्छ त्यसकारण यी दुइसडक चाडै सम्पन्न गर्ने मेरो पहिलो लक्ष्य जो रहेको छ , सडकपछि मेरै क्षेत्रमा ठुल्ठुल्ला दुइ नदिहरु रहेका छन । पुर्वमा विरिङ्ग नदि छ पश्चिममा माईनदि रहेको छ । पश्चिममा कमल वनियानी , किस्ने खोलाहरु रहेका छन र विचमा धेरै उत्तर दक्षिण वग्ने नदिहरु छन ।
ती नदिहरुको निणाएत्रण पहिले प्राथमिकता दिएर गर्नुपर्दछ । त्यसलेमात्र जनतालाई राहत दिनेछ । हामीले नदि नियन्त्रणलाई पनि पहिलो प्राथमिकतामा राखेका छौँ । मैले अघिनै भने सडक निर्माण गर्न जरुरी छ , पुर्वपश्चिमका ठाउँहरुमा उत्तर दक्षिण वग्ने पुर्वपश्मि वाटाहरुमा कल्भट पुलहरु निमार्ण गर्न जरुरी छ । खानेपानी वत्ती विजुलीहरुको , अरु व्यावस्थापन गर्न जरुरी छ । शिक्षा स्वास्थ्यलाई अझ व्यावस्थित गरेर त्यसलाई एउटा सुधारिएको शिक्षाको व्यावस्थ ागर्न जरुरी छ , शिक्षा खानेपाने यी सवै कुरालाई पुरा गर्न जरुरी छ , मेरा पहिलो प्राथमिकतामा यी र यस्तै विकास निमार्णका कुराहरु रहेका छन जुन हामीले पुरा गर्न आवश्यक छ किनभने मुलुकलाई अव नारा होइन समृद्धि चाहिएको छ ।

४) ५ वर्षमा तपाईको यस निर्वाचन क्षेत्रलाई कुन रुपमा अगाडि वढाएर लैजानुहुने लक्ष्य छ तपाईको यस क्षेत्रको वारेमा के छ योजना ?
विशेष त यस क्षेत्रलाई पर्यटकिय नगरीकै रुपमा अगाडि वढाइनेछ , नेपाल एउटा चारैतिरवाट कहिपनि यातायातका लागि समुद्धसग नजोडिएको क्षेत्रपनि भएको हुनाले हाम्रालागि समृद्धिका लागि पर्यटन राम्रो माध्यम बन्न सक्छ । जस्तो कनकाई नगरभित्रैमात्रै कोटिहवन धनुषकोटी , सिमसार , दोमुखा , शिवसाताक्षीमा सताक्षीधाम , चिल्लागढ लगायातका धेरै स्थानहरुमा यस्ता पर्यटक लोभ्याउने स्थानहरु छन । जहाकी हामीले ती पर्यटकिय स्थलहरुलाई स्तरउन्नती गरेर यसलाई सिङ्गो क्षेत्रको आयआर्जनका लागि आफ्नो सम्पत्तिका रुपमा लैजानसक्छौ , त्यसकालागि हामीले त्यसको स्तर उन्नती गर्न जरुरी छ । यस पर्यटकिय क्षेत्रलाई हामीले पहिले त स्तर उन्नती गर्नु छ अनि देशी विदेशी पर्यटकहरु भित्राएर हामीले आफ्नो दिगो आर्थिकआर्जन गर्न सक्छौ । त्यसप्रति मेरो ध्यान आर्कषण भइसकेको छ । जसका लागि पहिलो यस कनकाई नगरलाई रिङ्गरोडको अवधारणाअनुसार कनकाईलाई एउटा उत्तरमा चुरे , भुभाग रहेकाले अत्यान्त रमणिय पनि रहेको छ । त्यो रिङ्गरोडले सवै पर्यटकिय क्षेत्रलाई पनि छुने र सम्बोधन गर्न सक्छ , यसकारण भुभागहरुलाई यसले छुन्छ । यसकारण कनकाई नगरपालिकालाई एउटा रिङ्गरोडको अवधारणा ल्याएर रिङ्गरोड निर्माण गर्ने र त्यो रिङ्गरोडबाट कनकाई नगर एउटा छुट्टै नमुना नगर वनाउनका लागि मेरो ध्यान आकृष्ट भएको छ । र विशेषत कनकाई नदि विरिङ्ग नदि यी विचमा पर्दछ , यी दुइवटै नदिलाई नियन्त्रण गरेर यहाँका जनतालाई नदिको प्रखोपवाट मुक्त दिलाउनका लागि अगाडि वढन जरुरी छ । र मैले त्यो ठानेको पनि छु । अर्को अव शिवसताक्षी नगरपालिका अत्यान्तै पर्यटकिय स्थलको भुभागले छोएको छ । सताक्षीधाम दोमुखा चिल्लागढ , यस्ता थुप्रै पर्यटकिय स्थलहरु छन । ती पर्यटकिय स्थलहरुलाई स्तर उन्नतीगरेर देशी विदेशी पर्यटकहरुलाई भित्राएर सिङ्गो हाम्रो सम्पत्तिका रुपमा स्थापित गरेर यसलाई व्यावस्थापन गर्नु जरुरी छ । र त्यहि नगरभित्र अहिले धरमपुर गाउँपालिका पनि अहिले समाहित भएको छ । धरमपुरमा पनि पर्यटकिय स्थलहरु रहेका छन । राजमार्ग उत्तरदक्षिण क्षेत्रमा सिमसार क्षेत्ररहेका छन , त्यस सिमसार क्षेत्रलाई पनि पर्यटकिय क्षेत्र बनाउनु परेको छ । यसको पश्चिमतीर कमल वनियानी नदि रहेको छ । त्यो कमल वनियानी नदिलाई पनि नदि नियन्त्रणमार्फत जनताको तटवन्दनमार्फत नदि नियन्त्रण गरेर ति नदिका छेउमा वसोवास गर्ने जनताहरुलाई त्यो नदिवाट हुने क्षतिवाट मुक्क्त गराएर अगाडि वढन जरुरी छ । र त्यसतीर मेरो ध्यान आर्कषक भएको छ । मैले यी र यस्तै विकासका पुर्वाधारहरुलाई नियालेर हेरीरहेको छु । सुखदुःखमा साथमै रहेको छु । म यस ठाउँका लागि कुनै नयाँ व्याक्ति होइन , मलाई आफ्ना क्षेत्रभरिका हरेक सडकहरु , हरेक योजनाहरु , हरेक शिक्षा स्वास्थ्य , क्षेत्रका हरेक स्थलहरु मलाई आफैमा जानकारी रहेको छ । त्यसकारणपनि मलाई विकास निर्माण गर्नका लागि अन्य उम्मेद्धारभन्दा म जानकार छु । उहाँहरुले विकासका लागि पहिचान गदै हिडनुपर्ने हुन्छ भने म उहाँहरुभन्दा पहिलेदेखिनै जानकार समेत रहेकाले यो खोजीहिडनुपर्ने हुन्छ तर मलाई आफै मुख्खस्त रहेको छ । म २५ औँ वर्षदेखि विकासको कामहरु गरेर निर्माणको सिलसिलामा सवै ठाउँहरु गएको हुदा पनि मैले पुरा गर्न नपाएका विकासका सुचीहरु अलरेडी तयारी वनाएको हुदा मलाई अरुको दाजोमा सहज रहनेछ भन्ने दावी पनि गर्दछु ।
५) भनिन्छ देउमान थेवे धेरै राम्रा मान्छे हुन तर उनले नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीचाहि खराव छ ? तपाई के भन्नुहुछ ?
यो त अव जनताले मुल्याङ्गन गर्ने कुरा हो । राष्ट्रिय अन्तराष्ट्रिय जगतले मुल्याङ्गन गर्ने कुरा हो , नेपाली कांग्रेस आफैमा राम्रो छ कि छइन , नेपाली कांग्रेसको सिद्धान्त , नेपाली कांग्रेसको विचार राम्रो छकि छइन , यो मुलुकमा यो भन्ने अधिकारपनि नेपाली कांग्रेसलेनै दिएको हो । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई नराम्रो भन्ने र राम्रोलाई पनि नराम्रो भन्ने अधिकारपनि नेपाली कांग्रेसलेनै दिएको हो । यो मुलुकमा चाहे २००७ सालको राणा फाल्ने क्रान्तिहोस , चाहे २०३६ सालको जनमत सग्रह होस , २०४६ सालको जनआन्दोलन होस चाहे २०६२÷६३ सालको जनआन्दोलन होस नेपाली कांग्रेसकै नेतृत्वमा यी ठुल्ठुल्ला आन्दोलनहरु भएर यो मुलुकमा नयाँ परिवर्तनहरु भएको छ । प्रजातन्त्र प्राप्ती भएको छ । गणतन्त्र प्राप्ती भएको छ । त्यहि संघिय लोकतान्त्रिक गणतन्त्रमा मुलुकले नयाँ संविधानमा सवै जातजाति सवै धर्मलाई सम्वोधन गरिएको सवैको हक अधिकार सहितको संविधान नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ , त्यसले गर्दा मलाई लाग्छ जनताले कसैले भन्यो होला कसैले त्यो अम्ला ठाडोपार्यो होला , तर नेपाली कांग्रेसको सिद्धान्त नेपाली कांग्रेसको विचार नेपाली कांग्रेसको मुल्य र मान्यता सवै पार्टीहरुभन्दा उत्कृष्ट रहेको छ ।
६) देशैभरी राप्रपा नेपालसग चुनावी तालमेल हुँदा झापामा चाहि गर्न सक्नुभएन नी के भन्नुहुन्छ ?
एउटा एउटा ठुलो परिवाभित्र धेरै कुराहरु कोहिसग नमिलन पनि सक्छ । कुनै छोरासग नमिल्ला , कुनै छोरीसग नमिल्ला , कुनै वुहारीसग नमिल्ला , हामीले देशभरीमा राष्ट्रिय नेतृत्वमा राप्रपा नेपालसग चुनावी समिकरण गरेका छौँ , विचारत र सिद्धान्तपनि राप्रपा नेपाल अहिले जुन झापामा वामपन्थीहरुसग जुन ठाउँमा उभिएका छन अहिले विचार र सिद्धान्त पनि अहिले त्यस ठाउँमा गएर उभिन सक्ने मान्यता र विचार पनि होइन । र मन पनि छइन उहाँहरुको । देशभर मिलेको छ कमल थापालाई मकवानपुरवाट हामीले उम्मेद्धारी उठाएका छौ । सिन्दुपाल्चोकवाट पशुपति सम्सेर राणलाई कांग्रेसले अगुवाई गरेको छ । सुनिल थापालाई धनकुटावाट गरेको छ । विक्रम पाण्डेलाई चितवनबाट गरेको छ । सवै राप्रपाका दुवै खेमा हरुलाई नेपाली कांग्रेसले तालमेल गरेर वोकेर हिडेको छ । झापामा एउटा क्षेत्रमा कुनै इस्युमा मिल्न सकेन तर मलाई लाग्छ कुनै एउटा क्षेत्रको इस्युले देशभरीत होइन झापामा पनि त्यसको प्रभाव प्रदैन । मलाई लाग्छ झापामा गठबन्दन शक्ति भन्दा नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्दनलाई कांग्रेसललाई समर्थन गरेको दल र सारा नेपाली जनताले समर्थन गर्नेछन । लामो समयदेखिको प्रतिक्षामा रहेको लोकतान्त्रिक संविधानको कार्यान्वयन गर्नका लागिपनि जनताले कांग्रेसको नेतृत्व स्वीकार्दछन , रुखमा भोट हाल्छन भन्ने मलाई पुर्ण विश्वास छ ।
७) तपाइको चुनाव जित्ने खास आधार के हो ?
मेरो एउटै आधार के भने म जुनदिनदेखि पाटीको काममा अगाडि वढे , म तत्कालिन कुमरखोदको पार्टीको उपसभापति २०४६ सालको त्यहादेखि यहाँसम्मको यात्रामा अगाडि आउदै गर्दा मैले निरन्तर पार्टी संगठन र जनताको काममा यात्रामा कहिलेपनि एकदिनपनि विश्राम नलिइकन यहाँसम्म आइपुगेको छु । मैले ४९ सालको कुमरखोद गाउँको अध्यक्षमा निर्वाचित भएर फेरी ५४ सालमा निर्वाचित भएर मैले जुन जिम्वेवारी पाए , मैले आफ्नो ठाउँको आफ्नो क्षेत्रको विकासका लागि सगसगै सिङ्गो झापा जिल्लाको विकासका लागि निरन्तर निरन्तर लागिरहनेको छु । यहि ठाउँको धुलोमाटो खाएर विकासमा म निरन्तर निरन्तर लागिपरिरहेका् छु । जनताको विचमा जनताको सुखदुःखमा साथमा रहेको छु । चाहे वाच्दाको जन्ती होस चाहे जिउदोको जन्तीहोस जनतासग सुखदुःखमा लामो समय पार गरेरको छु । जनतासगको निरन्तरको सम्पर्क र सहयोगले मलाई चुनाव जिताउनेछ ।
प्रस्तुती / लीलाराज झापाली आवश्यक प्रतिक्रियाका लागि  ९८६२६१३१८८/ ९८१६०६४०४४
Word count: 1917 Draft saved at 4:10:35 am.

Publish

Status: Draft Edit status
Visibility: Public Edit visibility
Publish immediately Edit date and time
Readability: Needs improvement
SEO: Not available

Categories

Tags

Sahifa – More Options

Hide Post Meta
Hide Author Information
Hide Share Buttons
Hide Fly Check Also Box

Featured Image

Taqyeem – Review Options

Review Box Position

Sahifa – Post Options

Post Head Options

Post Head Cover layout
Display

Sidebar Options

Choose Sidebar

Custom Styles

Custom color

Background

Full Screen Background

Ads Options

Hide Above Banner
Custom Above Banner
Hide Below Banner
Custom Below Banner

Yoast SEO

Snippet preview

You can click on each element in the preview to jump to the Snippet Editor.

SEO title preview:जनताले लोकतन्त्रको संस्थागत गर्न र यस क्षेत्रको विकासलाई निरन्तरता दिनपनि मलाई भोट हाल्छन । देउमान थेवे झापा क्षेत्रनम्बर ४ का नेपाली कांग्रेसका उम्मेद्धार –
Slug preview:kanakaionline.com/जनताले-लोकतन्त्रको-संस्थ/
Meta description preview:देउमान थेवे झापामा रहेका थोरै नेताहरुमा पर्नुहुन्छ , जसको सोझो पहुच निति निर्माण सम्म पुग्छ । थोरै वोल्ने तर हाक्की स्वाभावका थेवे झापा सुरुङ्गा निवासी समेत

Focus keyword

Analysis

  • Bad SEO scoreNo focus keyword was set for this page. If you do not set a focus keyword, no score can be calculated.
  • Bad SEO scoreNo meta description has been specified. Search engines will display copy from the page instead.
  • Bad SEO scoreNo images appear in this page, consider adding some as appropriate.
  • Bad SEO scoreNo internal links appear in this page, consider adding some as appropriate.
  • OK SEO scoreNo outbound links appear in this page, consider adding some as appropriate.
  • OK SEO scoreThe SEO title is wider than the viewable limit.
  • Good SEO scoreThe text contains 1917 words. This is more than or equal to the recommended minimum of 300 words.

AddToAny

Disable Wpdevart facebook comment