Kanakai Online

“सल्मा” प्रदर्शनको तयारीमा


शुक्रवार, मंसिर ८, २०७४ |

कनकाई अनलाईन
पाथिभरा थिएटर एण्ड सिने प्रालिको ब्यानरमा मरगुव आलम ‘राज’ को चलचित्र “सल्मा” को विशेष प्रदर्शनको तयारी हुँदैछ । सूर्जापुरी, भोजपुरी र नेपाली भाषामा बनेको सामाजिक र पारिवारिक चलचित्र त्रिकोणात्मक प्रेममा आधारित रहेको चलचित्रका नायक अभिषेक कान्छाले जानकारी गराएका छन् । चलचित्रको छायाँकन झापा र इलामका रमणिय स्थलहरुमा गरिएको छ ।
बालापनदेखिकै एकोहोरो माया, त्यसलाई पाउनका लागि झेल्नुपर्ने समस्याका साथै एउटा मुस्लिम समुदायका नारी सबै कमजोर र वुर्का लगाएर घरभित्रै बस्नुपर्छ भन्ने छैन र आफ्नो हक अधिकारका लागि लड्न पनि सक्नु पर्छ भन्ने चलचित्रको मुख्य अभिप्राय रहेको छ ।
सूर्जापुरी भाषा नेपालको झापा र मोरङको दक्षिणी भागमा लगभग चार लाख र भारतको विहार राज्यको उत्तरपूर्वी भेगमा २० लाखको संख्यामा बोलिने भाषा रहेको छ ।चलचित्रमा दिनेशराज शर्माको कथा रहेको छ भने भाषानुवाद मरगूव आलम ‘राज’ले गर्नुभएको हो ।
चलचित्रमा झापाली कान्छा अभिषेक, मरगुव आलम ‘राज’, सन्ध्या पौडेल, प्रतिमा श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई झापाली कान्छा अभिषेकले निर्माण निर्देशन गर्नुभएको हो । यो मंसिरको पहिलो सातातिर विशेष प्रदर्शनको तयारी भएको अभिषेकले जनाउनु भएको छ ।

सम्बन्धित खबर