लीलाराज झापाली
झिलझिले , मंसिर ७ गते । झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको उपाधि विभागिय टिम त्रिभुुवन आर्मी क्लव काठमाण्डौँले हात पारेको छ ।
विहिवार सम्पन्न प्रतिस्पर्धापुर्ण खेलमा अर्को काठमाण्डौको मनाङ मस्याङ्दी क्लव काठमाण्डौँलाई २—१ गोल अन्तरको सङ्घर्षपुर्ण जित निकाल्दै आर्मीले नगद ५ लाख रुपैँयासहितको गोल्डकपको उपाधि जितेको हो ।
दोस्रो हुने मनाङ्गले नगद २ लाख ५० हजारमा चित्त बुझाउनुपर्यो । आर्मीका लागि दुवै गोल पहिलो हाफमा तथा मनाङ्गको १ गोल दोस्रो हाफमा सम्भव भएको हो । खेलको पहिलो गोल आर्मीका जर्जपिन्स कार्कीले फल प्रहारवाट गर्नुभयो । कार्कीले ठुलो डिवक्स केहि वाहिरवाट गरेको आकर्षक फ्रि किकलाई मनाङ्गका गोलकिपर दिनेश थापामगरले कुनै अनुमान लगाउन नसक्दा मनाङ्गले सुरुवाती गोल खानपुगेको हो । आर्मीका स्ट्राइगर नवयुग श्रेष्ठलाई मनाङ्गका विदेशी खेलाडी टायम्पीले लडाएपछि खेल रेफ्री लव खत्रीले फाउल दिनुभएको थियो । आर्मीका खेलाडीले पाएको अवशरलाई खेर जान नदिदै गोलमा परिणत गरेको थियो ।
१—० गोल अन्तरले पछि परेको मनाङ्ग केहि आक्रमक हुन खोज्दा थप गोल खाएको थियो । खेलको ४४ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । नवयुग श्रेष्ठले आर्मीका विमल रानाको क्रस पासमा हेडद्धारा गोल गर्दै खेल २—० मा पुर्याउनुभयो । पहिलो हाफ २—० ले पछि परेका मनाङ्गले दोस्रो हाफमा भने सुधारिएको खेल प्रस्तुत गरेको थियो । खेलको ६० मिनेटमा डोना थापाको पासमा मनाङ्गका टिम क्याप्टेन अनिल गुरुङ्गले हेडद्धारा गोल गर्दै खेल खेललाई २—१ मा पुर्याउनुभयो । मनाङ्गको यस गोलसगै खेल रोमान्चक बनेको थियो ।
अनिलको गोलपछि मनाङले थप गोल गर्न नसकेपछि यो गोल सान्तना गोलमै सिमित रह्यो ।
प्रतियोगिताको म्यान अफ टुनामेन्ड मनाङका विशाल राई वी हुनुभयो उहाँले नगद ५० हजार पाउनुभयो । यसैगरी हाइस्कोर आर्मीका नवयुग श्रेष्ठ हुनुभयो उहाँले प्रतियोगितामा ३ गोल गर्नुभएको थियो , उहाँले नगद २५ हजार पाउनुभयो । उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु , उत्कृष्ट डिफेन्स आर्मीका सुमन अर्याल , उत्कृष्ट मिड मनाङका डोना थापा , उत्कृष्ट फरवर्ड आर्मीका जर्जपिन्स कार्की , वेस्ट कोच आर्मीका नविन न्यौपाने र वेस्ट टिम आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव भएको थियो । उहाँहरु सवैले नगद २० हजार पाउनुभयो ।
नवयुको गोलले खेल १ घण्टा स्तगित
यसैविच प्रतियोगिताको आर्मीका खेलाडी नवयुग श्रेष्ठले पहिलो हाफको अन्तिम मिनेट बाकी छदा हेडद्धारा गरिएको गोल जाली भित्र नदेखिएपछि मनाङ्गका खेलाडी र आर्मीका खेलाडी विच विवाद हुदा खेल १ घण्टासम्म रोकिएको थियो । खेल रेफ्री लव खत्रीले नवयुगको प्रहार गरेको वललाई लाइसमेनको सङ्केतलाई आधारमान्दै गोल दिएपछि मनाङका खेलाडी मैदान छाडेर वाहिरिएका थिए । १ घण्टापछि आयोजक र मनाङका खेलाडीविच छलफलपछि मनाङ २—० गोल अन्तरवाटै खेल्न तयार भएको थियो ।