लीलाराज झापाली
झिलझिले , मंसिर ६ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा उपाधिका लागि काठमाण्डौका दुवै टिम त्रिभुवन आर्मी र मनाङ्ग आज – विहिवार ) आमनेसामने हुने भएका छन ।
बुधवार भएको प्रिप्रेस कन्फेरेन्समा वोल्दै दुवै टिमका कप्तानहरुले उपाधिका लागि आफुहरु खेलरेफ्रीले अन्तिम सिटि नफुन्जेलसम्म कडा मेहनत गर्ने बताउनुभएको छ ।
मनाङ्गका कप्तान अनिल गुरुङ्ग र आर्मीका कप्तान भरत खबासले आफुहरु निर्धारित समयभित्रै जित निकाल्नका लागि खेल्ने वताउँनु भयो । यद्यपि दुवै कप्तानहरुले जितको सम्भावना ५०÷५० प्रतिशत रहेको समेत वताउँनुभयो । मनाङ्गका कप्तान गुरुङ्गले भन्नुभयो , आर्मी आफैमा सेट टिम हो , हामीपनि आफ्नो लयमा खेल्ने कोशिस गर्ने छौ । उहाँले काठमाण्डौमा लिगहरु नभइरेहेको वेला झापामा भएका यसप्रकारका खेलले खेडालीलाई सहज भएको समेत वताउँनुभयो । आर्मीको टिम फिजिकल र टेक्निकल दुवैमा लयमा देखिएको छ हामीपनि सुरुदेखिनै आक्रमक तरिकाले खेल्छौ मनाङ्गका क्याटेन अनिलले भन्नुभयो ।
आर्मीका क्याप्टेन भरतले समेत उपाधिका लक्ष्य भएपनि दुवैटिममा राष्ट्रिय खेलाडी सम्मिलित भएकाले उपाधिकालागि दुवैको सम्भावना वरावरी भएको वताउँनुभयो । दुवै टिमले खेलअवधिभर १—२ अवशर पाउने हो , जसले पाएको अवशरमा किक गर्न सक्यो उहि विजयी हुने हो हामी अवशरलाई भरपुर सदुपयोगको प्रयासमा रहने छौ खवासले भन्नुभयो । मनाङ्गका टिम कोच विजय घलेले आयोजकले मैदान व्यावस्थापनमा धेरै मेहनत गरेको भन्दै प्रतियोगिताले देशकै खेलविकासमा योगदान गर्ने बताउँनुभयो ।
घलेले आर्मीसग पछिल्लो भेट सर्लाहीमा भएको जसमा मनाङ्ग १—० गोलअन्तरले विजयी बनेको भन्दै जितको निरन्तरतालाई कायम राख्न खेलाडीहरुले सक्दो मेहनत गर्ने उहाँले वताउँनुभयो । उहाँले सुजल श्रेष्ठसमेत उत्कृष्ट फर्ममा रहेकोले यसको फाइदा उठाउँने वताउँनुभयो । आर्मीका कोच नविन न्यौपानेले अघिल्लो वर्षको गोल्डकपमा मनाङ्गसग ४ पटक भेट हुदा २ मा जित निकालेको हुदा यसपटक आर्मी विजयी भएर मनाङ्गलाई उछिन्ने दावी गर्नुभयो । आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवलाई २—१ गोल अन्तरको सङ्घर्षपुर्ण जित निकाल्दै काठमाण्डौको मनाङ्ग मस्याङ्दी स्पोटिङ्ग क्लव काठमाण्डौँ फाईनलमा प्रवेश गरेको थियो भने आर्मीले घरेलु टिम रमपम झापा ११ लाई ३—० गोलले हराउदै फाइनलको स्थान पक्का गरेको थियो
सताक्षीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी तथा उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउनेछन ।
फोटो ः विहिवार हुने फाइनल खेलको ट्रफिका साथ मनाङ्ग र आर्मीका क्याटेन अनिल गुरुङ्ग र भरत खवास साथमा टिमकोच विजय घले र नविन न्यौपाने ः लीलाराज झापाली ÷