लीलाराज झापाली
झिलझिले , मंसिर ४ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा सोमवारको आज आइतवारको खेलमा नेपाल आर्मीका स्ट्राइगर नवयुव श्रेष्ठ चम्कीदा चिरपरिचित प्रतिद्धन्द्धी रमपम झापा ११ , ३— ० गोल अन्तरले पराजित हुनपुगेको छ ।
आर्मीले झापालाई खुलेर खेल्न नदिदा फराकिलो जित निकाल्दै दोस्रो सताक्षी गोल्डकपमा फाइनलमा स्थान पक्का गरेको हो । आर्मीका तर्फवाट नवयुग श्रेष्ठले एक्लै २ गोल गर्नुभयो । थप १ गोल खेलको दोस्रो हाफमा आर्मीका परिवर्तन भएर आएका खेलाडी दिप लामाले गर्नुभयो ।
झापा पहिलो हाफमा २—० गोल अन्तरले पछाडि परेको अवस्थामा दोस्रो हाफमा समेत झापा सम्मालिन नसक्दा थप गोल खानपुगेको हो । गोलका सुरुवात आर्मीका नवयुगले खेलको १३ औ मिनेटमा गर्नुभएको हो । झापाका खेलाडीले पाउल गरेपछि पाएको फ्रिकिको सदुपयोग गर्दै आर्मीका नवयुगले १—० को अग्रता बनाउनुएको हो । आर्मीका सन्तोस तामाङ्गको फ्रि किक प्रहारलाई क्रसगर्दै नवयुवले गोल गर्नुभयो । दोस्रो गोलसमेत आर्मीका नवयुगले निक्कै परवाट गरेको प्रहार झापाका गोलकिपर किशोर गिरीले अनुमान गर्न नसक्दा झापाले गोल खानुपरेको थियो । पहिलो हाफ २ गोलले पछि परेको झापाले दोस्रो हाफमा समेत हज्जारौ दर्शकको साथ पाएर पनि सुधारिएको खेल प्रस्तुत गर्न नसक्दा थप १ गोल खानपुगेको हो । आर्मीका लागि तेस्रो गोल दोस्रो हाफको ३३ औ मिनेटमा दिप लामाले गर्नुभएको हो । लामा आर्मीका चर्चित स्टाइगर जर्जपिन्स कार्कीको सट्टामा मैदान प्रवेश गर्नुभएको थियो ।
सोमवारको खेलमा झापाका तुलनामा आर्मीका धेरै प्रहारहरु गोल हुन नसक्दा आर्मीले थप गोल गर्नभने सकेन । आर्मीका खेलाडी नवयुगका तर्फवाट थप आधादर्जन प्रहारहरुलाई झापाका गोलकिपर किशोर गिरीले विफल बनाउनुभएको थियो भने कतिपय प्रहारहरु वाहिरिएको थियो । आर्मीका डिफेन्डरहरु विमल पाण्डेय , जितेन्द्र कार्की , विवेक वस्नेत लगायातले झापाका स्ट्राइगरहरु कर्ण लिम्बु , विशाल राई , योगेश गुरुङ्गलाई चल्न नदिँदा उपाधिको दावेदार मानिएको झापा सेमिफाईनलसम्मकै यात्राबाट वाहिरिएको हो । आइतवारको खेलको म्यान अफ द म्याच आर्मीका लागि २ गोल गर्ने नवयुग श्रेष्ठ हुनुभयो । उहाँले नगद १० हजार पाउनुभयो । मंगलवारको भोली अर्को सेमिफाइनल खेल राष्ट्रिय खेलाडी अनन्त तामाङ्गको कप्तानीमा रहेको आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लव र मनाङ्गविच हुने छ । गोल्डकपको फाईनल आगामी मंसिर ७ गते हुने छ ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः आर्मी र झापा ११ का खेलाडी प्रतिस्पर्धा गर्दै ः लीलाराज झापाली