Kanakai Online

सताक्षी गोल्डकपमा मनाङ्ग सेमिफाइनलमा , भोली झापा र आर्मी भिडर्दै


आइतवार, मंसिर ३, २०७४ |

लीलाराज झापाली 
झिलझिले , मंसिर ३ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आज आइतवारको खेलमा खेलको अन्तिम २ मिनेट सम्मालिन नसक्दा मोफसलको चर्चिच टिम अग्नि रुपन्देही ११ काठमाण्डौको मनाङ्गसग टाईब्रेकरमा पराजित हुन पुगेको छ ।
प्रतिस्पर्धापुर्ण खेलमा रुपन्देहि दुर्भागपुर्ण हार व्यर्होन पुगेको हो । रुपन्देहिले खेलको सुरुवातदेखिनै मनाङ्गलाई दवावमा राखेको थियो । खेलको सुरुमै रुपन्देहिका तर्फवाट विदेशी खेलाडी अव्वाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । अव्वाले रोजिन धिमालको पासमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । सुरुवाती अग्रतालाई वरावरी गर्न मनाङ्गका खेलाडीले खेलको अन्तिम मिनेसम्म कुर्नुपरेको थियो ।
दोस्रो हाफको खेल सकिन २ मिनेट वाकी रहदा मनाङ्गका खेलाडीलाई रुपन्देहिका खेलाडीले लडाएपछि रेफ्री लव खत्रीले फाउल दिनुभएको थियो । डिवक्स नजिक्कैबाट गरिएको फाउल प्रहारको सदुपयोग गर्दै मनाङ्गका दोना थापाले सोझैँ गोल गर्दै खेललाई वरावरीमा रोक्नुभएको थियो । खेल वरावरी भएपछि निर्णय सोर्झै पेलान्टी सुट आउटमा धकेलिएको थियो । ट्राई ब्रेकरमा मनाङ्गका विमल वस्नेत , कमल श्रेष्ठ , निराजन मल्ल र दोना थापाका प्रहारहरु सरासर गोलमा परिणत हुदा रुपन्देहिका निरज वस्नेतको प्रहार मात्रै गोलमा परिणत भएको थियो । रुपन्देहिका खेलाडी रजिन धिमालले सोझैँ गोलपोस्ट वाहिर प्रहार गर्दा अर्का खेलाडी विजय धिमालको प्रहार मनाङ्गका गोलकिपर दिनेश थापामगरले रोक्नुभयो । यो सगै ट्राइब्रेकरमा मनाङ्ग ४—१ गेल अन्तरले विजयी हुनपुगेको हो ।
खेलमा मनाङ्ग वाईपाएर सोझै क्वाटरफाईनल खेल्न पुगेको हो । आइतवारको खेलमा पहिलो हाफ रुपन्देहि तथा दोस्रो हाफ मनाङ्गको नियन्त्रणमा रहेको थियो । दुवै टिमका गोलकिपर व्यस्त रहनुपरेको थियो । आइतवारको खेलको म्यान अफ द म्याच मनाङ्गका टिमका लागि गोल गर्ने खेलाडी दोना थापा हुनुभयो । उहाँलाई नगद १० हजार पुरस्कार दिइएकाके थियो । सोमवारको सेमिफाईनल खेल रमपम झापा ११ र नेपाल आर्मीविच हुदैँ छ ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः मनाङ्ग र रुपन्देहिका खेलाडी प्रतिस्पर्धा गर्दै ः लीलाराज झापाली

सम्बन्धित खबर