कनकाई अनलाईन
मेचीनगर । झापा क्षेत्र नम्बर १ का बाम गठबन्धन उम्मेद्वार राम कार्कीले मतदाताले दिएको अभिमत खेर जान नदिने बताएका छन् ।
मेचीनगर–१५ श्री कृष्ण प्रणामी मन्दिर परिसरमा आयोजित चुनावी कार्यव्रmममा उनले सुधामा र कृष्णको उदाहरण दिँदै भने–‘कृष्णले सुधामालाई नबिर्सिए जस्तै चुनाव जितेर पनि मतदातालाई सम्झिरहने छु ।
’उनले वामपन्थीको सरकार बनाएर पाँच वर्षको अवधिभित्र झापाका सबै सडकलाई कालोपत्रे गरिने वचन पनि दिए । कार्कीले आफूले बोलेका कुरा ढुंगामा कुँदेका अक्षरजस्तै भएको भन्दै पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाए ।उनले भने–‘हामीले बोलेका कुरा ढुंगामा लेखेको अक्षर जस्तै हो, ढाँट कुरा गर्दैनौँ । काँग्रेसका नेता भन्छन् चियाको बोटमै जन्मिएको हुँ, तर म आमाले जन्माएको मान्छे हुँ, ५÷६ महिना समय लाग्ला, तर बोलेको कुरा पूरा गर्छु ।’झापा क्षेत्र नं. १ चुनाव प्रचार प्रसार समितिको आयोजनामा बिहीवार मेचीनगर १५ का गायनवारी, श्री कृष्ण प्रणामी मन्दिर, कैयाँटोली, मिलन चोक, हेल्दुवारी लगायतका स्थानमा चुनावी कोणसभा भएका छन् । त्यहाँ प्रतिनिधि सभा उम्मेद्वार राम कार्की, प्रदेश सभा २ का उम्मेद्वार श्रीप्रसाद मैनाली, एमाले नेता विष्णु प्रसाई, चेतन विष्ट लगायतले बोलेका थिए ।